ghar sansar

सत्ता गठबन्धन आवद्ध दलका पाँच सय नेता कार्यकर्ता एमाले आउँदै, अध्यक्ष ओलीले टिका लगाएर प्रवेश गराउने

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरले बुधबार महेन्द्रनगरमा गर्ने जन सभामा सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र सहित अन्य दलका पाँच सय नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरुलाई पार्टी प्रवेश गराउन महेन्द्रनगर आउन लागेका छन् ।

महेन्द्रनगर स्मारक क्षेत्रमा दिउँसो कार्यक्रममा अध्यक्ष ओलीले टिका लगाएर उनीहरु सबैलाई पार्टीमा स्वागत गर्ने तयारी गरिएको छ ।

mantra hos123

एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा मंगलबार गरिएको पत्रकार सम्मेलन जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले जनसभाको तयारी पूरा भएको र विभिन्न पार्टीबाट पाँच सय नेता कार्यकर्ता प्रवेश गर्न लागेको जानकारी दिएका छन् । उनले कार्यक्रमको सबै तयारी पूरा भएको बताए ।

एमाले नेताहरुका अनुसार समाजवादी, माओवादी र काँग्रेसका पनि केही नेता एमाले आउन लागेका छन् । उनीहरु सबैलाई अध्यक्ष ओलीबाट टिका लगाएर पार्टी प्रवेश गराउने कार्यक्रम बनाइएको छ ।

जन सभाको अघिल्लो दिन एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट महेन्द्रनगर आएका छन् । उनी पार्टी कार्यालयको पत्रकार सम्मेलन सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...