ghar sansar

ठेकेदारको तस्बिर सहित कालो ब्यानर लगाएपछि अघि बढ्यो दुई पुलको निर्माण कार्य

khasi

महेन्द्रनगर । नेकपा (बहुमत) सम्बद्ध जन स्वयम् सेवक नेपाल कञ्चनपुरले निर्माण स्थलमा व्यवसायीको तस्बिर सहित कालो ब्यानर लगाएपछि निर्माण कार्य सुरु गरिएको छ । संगठनले कालो ब्यानर लगाएका तीन योजनामध्ये दुईमा निर्माण कार्य अघि बढेको हो ।

संगठनका कञ्चनपुर इन्चार्ज दिपेन्द्र ऐरीले भीमदत्त नगरपालिका ११ माता कुटिया पुल र भीनपा ९ को मटेनास्थित कामीकाटे खोला पुलमा निर्माण थालिएको जानकारी दिए ।

‘निर्माणाधिन अवस्थामा रहेका ठाउँमा कालो व्यानर टाँसिएको थियो, ब्यानर टाँसेको केही दिन यताबाट माताकुटिया पुल र मटैनास्थिति कमीकाटे खोला पुलमा निर्माण कार्य अगाडि बढाएको छ’ उनले भने ।

dirghayi clinic

ती दुबै पुल निर्माणको ठेक्का राजेन्द्र निर्माण सेवा कम्पनीले लिएको छ । संगठनले भुजेलाको माताकुटियाबाट कालो ब्यानर लगाउन सुरु गरी बेदकोटसम्म पुगाएको छ । बेदकोटमा पनि कम्पनीले पुल निर्माण कार्य अलपत्र छाडेको छ ।

पुल निर्माण कम्पनी प्रधानमन्त्री शेर बहादुर देउवाका विश्वासिला डडेल्धुरा काँग्रेसका सभापति भीम बहादुर साउँदको हो । उनी परशुराम नगरपालिकाका निवर्तमान मेयर पनि हुन् ।

निर्माण कम्पनील ठेक्का लिएपछि वर्षौसम्म म्याद थप गरेर पनि अलपत्र छाडिएपछि बहुमतले विरोध गर्दै निर्माण स्थलमा ब्यानर लगाएको हो । ब्यानरमा व्यवसायी साउँदको तस्बिर सहित जिल्लाभर उनले ठेक्का लिएर अलपत्र पारेका विकास निर्माण कार्य उल्लेख गरिएका छन् ।

सडक डिभिजन कार्यालयमा साउन २९ गते मागपत्र बुझाएर अलपत्र कार्य सुरु गर्न दबाव दिइएको थियो । मागपत्रको सुनुवाई नभएपछि संगठनले ब्यानर लगाउने कार्य अघि बढाएको हो ।

‘साउन २९ गते सडक डिभिजन कार्यलय मार्फत पुर्वाधार विकास तथा यातायात मन्त्रालयमा ध्यानाकर्षण बुझाएका थियौ, ध्यानाकर्षण पत्रको कुनै सुनुवाइ नभएपछि कञ्चनपुर जिल्ला भरि राजेन्द्र निर्माण सेवा कम्पनीले अलपत्र पारेका काममा कालो ब्यानर टाँस्न थालेका हौ’ इन्चार्ज ऐरीले भने ।

Himal dental
सम्बन्धित
Loading...