एमाले जन सभा : अध्यक्ष ओलीसंगै भीम रावल पनि होलान त मञ्चमा

महेन्द्रनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमको सबै तयारी पूरा गरिएको छ । एमाले कञ्चनपुरले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा गरिएको जानकारी दिएको छ ।

अध्यक्ष ओली एमाले छाडेर समाजवादी गएका नेता कार्यकर्तालाई पार्टी प्रवेशका लागि महेन्द्रनगर आउन लागेका छन् । महेन्द्रनगर स्मारकमा जन सभा तथा पार्टी प्रवेश कार्यक्रम राखिएको छ । त्यसका लागि ओली बुधबार महेन्द्रनगर आउन लागेका छन् ।

deepaj

अध्यक्ष ओलीसंगै एमालेका केन्द्रीय नेता सहभागी हुने भने पनि बाहिर ल्याएको छ । एमाले केन्द्रीय सचिव लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरु सहभागी हुने निश्चित भएको छ । कैलालीका भट्ट मंगलबार नै महेन्द्रनगर आएका छन् ।

Mishra

अध्यक्ष ओली सहभागी हुने कार्यक्रममा एमालेका निवर्तमान उपाध्यक्ष  डा. भीम बहादुर रावल सहभागी हुने नहुनेबारे बाहिर ल्याएको छैन । अछामका रावल अध्यक्ष ओलीका कटु आलोचक हुन् ।

अध्यक्ष ओलीले संसद विघटन गरेपछि रावललाई सुदूरपश्चिममा जिम्मेवारी विहिन बनाई दिएका छन् । एमालेको १० औं महाधिवेशन रावलले ओली विरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमाले विभाजन अघि सुदूरपश्चिममा रावलको दबदबा थियो । अध्यक्ष ओलीले एमालेको तत्कालिन माधव नेपाल समूह पार्टी छाडेर गएपछि रावललाई जिम्मेवारी विहीन बनाएका हुन् । नेपाल समूहका उनी १० बुँदे सहमति गरी एमालेमै बसेका थिए ।

एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै नेतालाई आमन्त्रण गरिएको बताए । ‘यो कार्यक्रममा यो प्रदेशभित्रका सबै नेतालाई आमन्त्रण गरिएको छ’ उनले भने ।

सम्बन्धित
Loading...