अध्यक्ष ओली पुग्न अघि बजारमा -याली निकाल्ने तयारी, ओली डेढ बजेसम्म पुग्ने

महेन्द्रनगर । एमालेले अध्यक्ष केपी शर्मा ओली पुग्न अघि महेन्द्रनगर बजारमा ¥याली निकाल्न लागेको छ । कार्यक्रम सुरु हुन अघि एमाले पार्टी कार्यालय मदन आश्रित सदनबाट ¥याली लगेर स्मारक क्षेत्रमा जाने तयारी गरिएको छ । कार्यक्रम स्मारक क्षेत्रमा राखिएको छ ।

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले पार्टी कार्यालयबाट ¥याली सुरु भएर बजार परिक्रमा गरी स्मारक क्षेत्र सभामा परिणत हुने बताए । ‘१२ बजे स्मारक क्षेत्रमा कार्यक्रम सुरु गर्ने भनेका छौ, त्यस अघि पार्टी कार्यालयबाट ¥याली सुरु स्मारकमा पुग्छौ’ उनले भने ।

अध्यक्ष ओली कार्यक्रम स्थल पुग्न अघि स्मारक क्षेत्रमा नेता कार्यकर्ता सहभागी सबै पुग्ने भएका छन् । अध्यक्ष ओली दिउँसो १ः३० बजेसम्म कार्यक्रम स्थल पुग्ने नेताहरुले बताएका छन् ।

एमाले विभाजनपछि समाजवादी गएका नेता कार्यकर्तालाई स्वागत गर्नका लागि अध्यक्ष ओली आउन लागेका हुन् । उनी यस अघि स्थानीय तह निर्वाचनमा बेलौरी आएका थिए । अध्यक्ष ओलीले ५ सय बढी नेता कार्यकर्ता एमाले प्रवेश गराउन लागेका छन् । त्यसमा समाजवादी, माओवादी केन्द्र र काँगे्रसका पनि छन् ।

Sisu
सम्बन्धित
Loading...