ghar sansar

संविधान सभा सदस्य खुना सहित माओवादी केन्द्रका नेता कार्यकर्ता एमाले प्रवेश

khasi

महेन्द्रनगर । संविधान सभा सदस्य दुर्गा खुना सहितका माओवादी केन्द्रका नेताहरु एमाले प्रवेश गरेका छन् । महेन्द्रनगर स्मारकमा गरिएको जन सभा तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमाले आएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरु सबैलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

dirghayi clinic

एमाले आउनेमा संविधान सभा सदस्य खुना, संविधान सभा सदस्यका उम्मेदवार मोहन गिरी, राम बहादुर गुरुङ्ग, शंकरदत्त जोशी, कल्पना गिरी, सीता डगौरा, मोहन पन्त, डम्बर विष्ट, घाँसीराम राना लगायतका छन् । उनीहरुमध्ये गिरी २०७० को संविधान सभा सदस्य निर्वाचनमा तत्कालिन कञ्चनपुर क्षेत्र नं. ४ बाट लडेका थिए । जोशी माओवादी केन्द्र सम्बद्ध कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष हुन् ।

बेदकोट नगरपालिका ५ धरमपुरका राना कमैया आन्दोलनका अगुवा हुन् । उनीहसंगै माओवादी केन्द्रबाट संविधान सभा सदस्य हरिश ठकुल्ला सहितका नेता कार्यकर्ता पनि एमालेमा आउने तयारी गरिएको थियो ।

माओवादी केन्द्रले छलफलका लागि काठमाडौं बोलाएपछि उनीहरु काठमाडौं गएका छन् । माओवादी केन्द्रका शीर्ष नेताले उनीहरुसित छलफल गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...