ghar sansar

एमाले फर्किएका शाहीले भने– माधव नेपाल शेर बहादुर र आरजुलाई बनाउन कचौरामा तेल लिएर बसेका छन्

little buddha academy
khasi

महेन्द्रनगर । एमाले फर्किएका नेकपा एकीकृत समाजवादीका नेता बिक्रम बहादुर शाहीले आफू लेनदन गरी केही पाउने आशले एमाले नआएको बताएका छन् । महेन्द्रनगर स्मारक क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर स्वागत गरेपछि मन्तव्य दिएका उनले एमालेलाई सहयोग मात्रै गर्ने बताएका हुन् ।

‘मलाई केहीले अवसरका लागि आएको भनि रहेका छन्, त्यो बेकार हल्ला हो, म कुनै लेनदेन गरी आएको छैन’ उनले भने,‘म पार्टीको सदस्य समेत हुन तयार छैन, सहयोग गर्न तयार छु ।’ नेता शाहीले सानै उमेरदेखि एमालेमा लागेको उल्लेख गर्दैै आफू अहिलेसम्म वडा अध्यक्ष समेत नभएको दुखेसो सुनाए ।

,orning glory badhai

‘मलाई त ३ सय ६० दिन पनि पुगेको छैन, मैले त पहिला नै छाडि सकेको थिए, यो पार्टीमा १४ वर्षमै लागे, पार्टी काम गरे’ उनले भने,‘वडा अध्यक्ष पनि भएको छैन, अवसरका लागि फर्कि रहेको भनि रहेका छन्, वडा अध्यक्ष पनि नभएको मैले के पाउँछु र ।’

dirghayi clinic

बाहिर रुपमा अवसरका लागि आएका एमाले फर्किएको हल्ला गरिए पनि मन्त्री पद समेत छाडेर नेताहरु आएको उनले उल्लेख गरे ।
‘अघि भर्खर झण्डावाल गाडी लिएर आए, अहिले त्यो सरकारी गाडी फिर्ता भइ सकेको छ’ उनले भने,‘पद र अवसरका लागि मात्रै आएका होइन ।’

अवसरका लागि एमाले फर्किएको भन्ने नेतालाई उनले आफू प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला भएको र अहिले पनि घर खेत डडेल्धुरामा भएको स्मरण गराएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शेर बहादुर देउवा र आरजु राणालाई बनाउन कचौरामा तेल थापेर बसेपछि आफू बाहिरिएको नेता शाहीले बताए ।

‘गठबन्धन शेर बहादुर आरजुलाई बनाउन बनेको छ । यो सबैले बुझि सकेका छन्’ उनले भने,‘माधव नेपाल त शेर बहादुर देउवा र आरजुलाई बनाउन कचौरामा तेल लिएर बसेका छन् ।’

नेता शाहीले एमसीसी संसदबाट अनुमोदन हुँदा दोहोरो भूमिका देखाएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...