समाजवादीका जिल्ला अध्यक्ष थापाको गृह नगरको पार्टी कमिटी नै एमालेमा समाहित

महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको पुनर्वास नगर कमिटीका अध्यक्ष चेतराज कपाडी सहित पदाधिकारी र सदस्य सबै एमाले फर्किएका छन् ।

महेन्द्रनगर स्मारकमा गरिएको जन सभा तथा पार्टी प्रवेश कार्यक्रममा समाजवादीको पुनर्वास नगर कमिटी एमालेमा समाहित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कमिटीका अध्यक्ष कपाडी सहितलाई खादा ओढाएर स्वागत गरेका छन् ।

deepak

पुनर्वास समाजवादीका जिल्ला अध्यक्ष जीवन थापाको गृह नगर हो । थापाका भतिजा टेक थापा स्थानीय तह निर्वाचनपछि एमाले फर्किएका थिए ।

पुनर्वासका समाजवादीका नेता तारालामा तामाङ्ग, स्थिर प्रसाद घिमिरे लगायतका नेता कार्यकर्ता एमाले फर्किएका छन् । तामाङ्ग फर्किएपछि समाजवादीको नगर कमिटी समाहित भएको छ ।

सम्बन्धित
Loading...