ghar sansar

एमाले जन सभामा साँसद भट्टले भने– हामीले सुरु गरेका योजना बनाउन दबाव दिएका छौ, सरकार केही सुन्दैन

महेन्द्रनगर । एमाले साँसद डा. दिपक प्रकाश भट्टले सुदूरपश्चिमका ठूलो योजना सञ्चालनका लागि आफूहरुको आवाज सरकारले सुन्न नचाहेको बताएका छन् ।

महेन्द्रनगर स्मारकमा एमालेको जन सभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारल अघि बढाएका योजना अघि बढाउन सरकारसित माग गर्दै आएको जनाए ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीज्यू नेतृत्वको सरकार हुँदा सुदूरपश्चिममा धेरै ठूला योजना सुरु गरिए, अहिले ती योजना अघि बढाउन पटक पटक आग्रह गर्दैै आएका छौ’ जन सभामा उनले भने,‘सरकार सुनि रहेको छैन, त्यहीं भएर ती योजना अघि बढ्न सकेका छैन ।’

अध्यक्ष ओली नेतृत्वको सरकारले मझगाउँ विमानस्थल पुनः सञ्चालन, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, दैजीमा औद्योगिक क्षेत्र, महाकाली कोरिडोर लगायतका योजना सञ्चालनका लागि बजेट विनियोजन गरी अघि बढाएको साँसद भट्टले बताए ।

ब्रह्मदेब हुँदै टिकंरसम्म पुग्ने महाकाली कोरिडोरको इआए गरी बजेट विनियोजन गरी काम सुरु गरिएको थियो, दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको काम पनि अघि बढेको थियो’ उनले भने,‘अहिले ती काम अघि बढेका छैनन्, सरकारले मतलब गरेको छैन ।’

दोधारा चाँदनीलाई विशेष आर्थिक रुपमा विकास गर्न र अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सुख्खा बन्दरगाह, एकीकृत जाँच चौकी सहित स्थापना गर्न लागिएको उल्लेख गर्दैै उनले एमाले नेतृत्वको सरकार नभएपछि ती काम अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

साँसद भट्टले गठबन्धन सरकारले ल्याएको नागरिकता विधेयक र सत्य निरुपण मेलमिलाप आयोग सम्बन्धी विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले विदेशी महिलासित आजै विहे गरी आजै नागरिक दिने मनसाय राखेर विधेयक ल्याएको उल्लेख गरे ।

सशस्त्र द्वन्द्वकालमा पीडितको आवाज नसुनेर सत्य निरुपण सम्बन्धी विधेयक पारित गरी जबरजस्ती मिलापत्र गराउन खोजिएको साँसद भट्टको भनाई थियो ।

एमालेलाई चौतर्फी घेराबन्दी गरिए पनि जनताले विश्वास गरेको उल्लेख गर्दै उनले केपी ओली नेतृत्वको सरकारले पूर्व पश्चिम राजमार्ग चार लेन बनाउने र पूर्व पश्चिम रेलगमार्गको डीपीआर बनाएको बताए । उनले कैलालीको गेटास्थित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालन गर्न दबाव दिए पनि सरकारले वास्ता नगरेको बताए ।

Himal dental
सम्बन्धित
Loading...