ghar sansar

ओलीको प्रशंसामा एमाले नेताले किन दिए यति ध्यान

dirghayu ad

महेन्द्रनगर । एमाले कञ्चनपुरले बुधबार महेन्द्रनगर स्मारकमा गरेको जन सभा तथा पार्टी प्रवेश कार्यक्रममा आगामी निर्वाचनमा एमाले १५० सीट जित्ने दावी गरी अध्यक्ष केपी शर्मा ओली फर्किएका छन् । उनले एमाले विभाजनपछि पार्टी छाडेर नेकपा एकीकृत समाजवादी गएका सहित अन्य दलका पाँच सय कार्यकर्ता एमालेमा स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीले पौने ४ बजे बोल्न अघिसम्म केन्द्रीय सचिव लेखराज भट्ट लगायतले भाषण गरेका थिए । समाजवादीबाट एमाले फर्किएका तारालामा तामाङ्ग, बिक्रम बहादुर शाही र माओवादी केन्द्रबाट फर्किएका मोहन गिरीलाई पनि बोल्न दिइएको थियो ।

ratnam malkhad

कार्यक्रममा बोलेका अधिकाँश नेताले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए । उनीहरुमा एमालेका नेता कार्यकर्ता सहित एमाले स्वागत गरिएका अन्य दलका नेता छन् ।

एमाले विभाजनपछि ओलीलाई पार्टीभित्र टक्कर दिने हैसियतका नेता नभएपछि उनी शक्तिशाली छन् । अध्यक्ष ओलीपछिका नेताहरुले गुट उप गुट बनाए पनि ती सबै उनका वरिपरि सञ्चालन गरिएका छन् । अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्न नसक्ने अवस्थामा ती सबै उनका पं्रशसा मात्रै गर्दै आएका छन् ।

स्मारक क्षेत्रको जन सभामा एमाले प्रवेश गरेका एकीकृत समाजवादीका नेताले पनि अध्यक्ष ओलीको प्रशंसा गरेका छन् । ओलीबाट खादा लगाएपछि एमाले फर्किएका तामाङ्गले अध्यक्ष ओली राष्ट्रमा सबैको केन्द्र बिन्दु भएको बताए । उनले अध्यक्ष ओलीलाई कञ्चनपुरमा एमालेलाई बलियो बनाउन आश्वास्त बनाएर ढुक्क भएर फर्किन पनि आग्रह गरे ।

‘अध्यक्षज्यू ढुक्क भएर जानु होस, कञ्चनपुरमा एमालेलाई हिजोको जस्तै बलियो बनाउँछौ, कोही पनि बार्गेनिङ्ग गर्न आएको होइन’ उनले भने,‘टिकट पाए लछौ, नपाएर जित्छौ ।’

अध्यक्ष ओलीले संसद विघटन गरेपछि त्यस विरुद्ध सडकमा गएका तामाङ्ग अन्तिममा पार्टी छाडेर समाजवादी गएका थिए । एमालेमा विद्यार्थी राजनीतिदेखि आएका उनी एमाले कञ्चनपुरको सातौ जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए ।

अध्यक्ष ओलीको संसद विघटन विरुद्ध दुई वर्ष अघि स्मारक क्षेत्रमा उनले ओलीको विरोध गरेका थिए । संसद विघटन विरुद्ध स्मारक क्षेत्रमा ओली विरुद्ध भाषणा दिने तामाङ्ग सहित बिक्रम बहादुर शाही, अशोक कुमार चन्द लगायतका नेता ओलीबाट खादा लगाएर एमाले फर्किएका छन् ।

कार्यक्रममा शाहीले पनि अध्यक्ष ओलीले खुलेर प्रशंसा नगरे पनि उनलाई खुसी हुने गरी समाजवादीका अध्यक्ष माधव कुमार नेपालको चर्को विरोध गरे । उनले नेपाललाई प्रधानमन्त्री शेर बहादुर देउवा र उनकी धर्मपत्नि आरजु राणा देउवाका लागि कचौरामा तेल राखेर बसेकोसम्म भन्न भ्याएका छन् ।

अध्यक्ष ओलीको संसद विघटनपछि समाजवादी जाने शाही त्यस अघि अध्यक्ष ओली समूहमा थिए । एमालेको नवौ महाधिवेशनमा ओली समूहबाट केन्द्रीय सदस्य भएका उनी त्यसपछि कञ्चनपुर इन्चार्ज बनाइएका थिए ।

एमाले फर्किएपछि भने शाहीले आफूलाई सदस्यता समेत नचाहिएको उल्लेख गर्दैै आफूले सहयोग मात्रै गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा एमाले केन्द्रीय सचिप लेखराज भट्ट, पोलिटब्युरो सदस्यद्वय निरुदेवी पाल र राजेन्द्र सिह रावल, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी, एमाले साँसद डा. दिपक प्रकाश भट्ट, एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट लगायतले बोलेका थिए ।

उनीहरुमध्ये पोलिटब्युरो सदस्य पालले भाषणको सुरुवातमै अध्यक्ष ओलीलाई महान राष्ट्रवादीको नेता भएको बताइन् । एमाले अध्यक्ष विष्टले पनि आफ्नो स्वागत भाषणाको अधिकाँश समय अध्यक्ष ओलीको प्रशंसामा खर्चिए । उनीहरुमध्ये केही अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्री समेत भनेर प्रशसा गरे ।

साँसद भट्टले पनि ओली नेतृत्वको सरकारको पालामा सुदूरपश्चिममा धेरै ठूला विकास योजना सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई खुसी बनाउने प्रयास गरे । उनले अध्यक्ष ओलीलाई चौतर्फी घेराबन्दी छलेर अघि बढेको नेता भएको भनेर प्रशंसा गरे ।

एमाले केन्द्रीय सचिव भट्ट अध्यक्ष ओलीका संसद विघटन कदमलाई समर्थन गरी एमाले आएका छन् । उनी अध्यक्ष ओलीलाई राष्ट्रिय नेताका रुपमा मान्दै आएका छन् ।

अध्यक्ष ओलीले आफ्नो संसद विघटनलाई समर्थन गरेपछि भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाई दिएका छन् । अध्यक्ष ओलीले एमालेका सुदूरपश्चिम प्रदेशमा बलिया नेता भीम रावललाई पाखा लगाउन भट्टलाई एमालेको प्रदेश नेतृत्व सुम्पेका छन् ।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशमा तत्कालिन एमालेको माधव नेपाल समूहका बलिया नेतालाई जिम्मेवार विहिन बनाएर सबै आफ्ना विश्वासिलालाई ल्याएका छन् ।

प्रदेश इन्चार्ज भट्ट सहित सह इन्चार्जहरु कर्ण थापा, राजेन्द्र सिह रावल, प्रदेश अध्यक्ष दामोदर भण्डारी, कञ्चनपुर इन्चार्ज निरुदेवी पाल सबै ओलीका विश्वासिला हुन् । उनीहरु एमाले विभाजन अघि देखि नै ओलीको प्रशंसा गर्दै आएका छन् ।

एमाले विभाजनपछि समाजवादी हुन नसकेर एमालेमा बसेका तत्कालिन नेपाल समूहका नेताहरु पनि पार्टीमा टिक्न अध्यक्ष ओलीको प्रशंसा गर्नु पर्ने मानसिक दबावमा छन् । उनीहरु पार्टीका हरेक कार्यक्रममा अध्यक्ष ओलीको प्रशंसा गरी भाषण गर्दै आएका छन् ।

उनीहरुसंगै एमाले फर्किएका नेताहरु झन ओलीको प्रशंसा नगरी नहुने बाध्यतामा अवस्थामा छन् । अध्यक्ष ओलीबाट खादा लगाएर फर्केको दिनमै उनीहरुले सार्वजनिक मञ्चबाट अध्यक्ष ओलीको प्रशंसा गर्न थालेका छन् ।

Himal dental
सम्बन्धित
Loading...