महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालले आगामी संसदीय निर्वाचनलाई मध्यनजर गरी पश्चिमी सीमाबाट महाकाली–मेची जागरण अभियान अभियान सुरु गरेको छ ।
महाकाली नदीमा स्नान गरी अभियान शुरु गरेको हो । अभियानका लागि संघको टोली बिहीबार साँझ महेन्द्रनगर पुगेको थियो ।
संघका केन्द्रीय अध्यक्ष नरेश शाहीले मातृभूमिको रक्षा गर्न गरिब अन्त्य बेरोजगारी हटाउनेदेखि भ्रष्टाचार रोकथाम गर्ने उदेश्यका साथ महाकाली मेची अभियान शुरुवात गरेको बताए ।
‘हाम्रो मातृभूमिमाथि गिद्दे नजर लगाउनेमाथि खबरदारी गर्ने अभियान पनि हो, ‘अध्यक्ष शाहीले भने, ‘राष्ट्रियता रक्षाका साथै विकृती अन्त्यका लागि देशव्यापी अभियान संचालन गछौँ ।’
अभियान मेची पुगेर समापन गरिनेछ । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्लादेखि केन्द्रीय नेता कार्यकर्ता सहभागी भएका छन् ।