Sarsoti

संविधान सभा सदस्य थापा आफ्नो क्षेत्रमा लड्दैनन् चुनाव, यस पटक पनि कञ्चनपुर क्षेत्र नं २ ख बाट भए सिफारिश

lotus institute

महेन्द्रनगर । संविधान सभा सदस्य बहादुर सिह थापा कञ्चनपुर निर्वाचन क्षेत्र २ प्रदेश सभा क्षेत्र ख बाट उम्मेदवारका लागि सिफारिश भएका छन् । काँग्रेसको प्रदेश सभा क्षेत्रीय समितिले थापाको नाम एकल रुपमा सिफारिश गरेको हो ।

भीमदत्त नगरपालिका ६ का थापा २०७४ मा यस क्षेत्रमा तत्कालिन एमालेका नेता लाल बहादुर खड्कासित पराजित भएका थिए । त्यस अघि उनी २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस अघि भने पहिलोमा भने उनी पराजित भएका थिए । माओवादी केन्द्रका नेता टेकेन्द्र प्रसाद भट्टसित उनी पराजित गरेका थिए ।

morning glory
Mahendranagar

काँग्रेस कञ्चनपुरका पूर्व सभापति उनी १४ आंै महाधिवेशनमा जिल्ला सभापति पराजित थिए । काँग्रेसका संस्थापनका उनी कञ्चनपुरमा एनपी साउँद समूहका नेता हुन् । उनीसंगै साउँद पनि आफ्नो क्षेत्र छाडेर २ नम्बरबाट लड्दै आएका छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ मा काँग्रेस नेता रमेश लेखकको निर्वाचन क्षेत्र हो । बेदकोटक नगरपालिका ८ लेखक पनि आफ्नो क्षेत्र छाडेर ३ नम्बरबाट लड्दै आएका छन् ।

काँग्रेस संस्थापन समूहका साउँद र लेखक समूहबीच आपशी टकरावले थापा आफ्नो क्षेत्र छाडेर २ ख मा पुगेका छन् । कञ्चनपुर ३ मा उनी प्रदेश सभा सदस्य क का हुन् ।

 

saark school
सम्बन्धित
Loading...