काँग्रेसमा अघिल्लो चुनाव लडेका नेताले देखाए दोहोरिने इच्छा, प्रदेश समितिमा सिफारिश

महेन्द्रनगर । अघिल्लो निर्वाचनमा पराजित नेताहरु सहित काँग्रेसबाट आगमी निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारका नामावली जिल्लामा प्रदेश समितिमा सिफारिश गरिएका छन् ।

काँग्रेस जिल्ला समितिले प्रदेश र क्षेत्रीय समितिबाट आएका आकाँक्षीका नामावलीलाई राय सहित प्रदेश समितिमा ले उम्मेदवारका आकाँक्षीको नामावली जिल्लामा पठाएको हो ।

काँग्रेस जिल्ला सचिव भीमराज भट्टले प्रदेश र क्षेत्रीय समितिबाट उम्मेदवारका नामावली सिफारिश गरिएको बताए । ‘नामावली आएका छन्, त्यसमा जिल्लाको राय सहित प्रदेश समितिमा सिफारिश गरिएको छ’ उनले भने ।

कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि रमेश लेखक र प्रेम विष्ट सिफारिश गरिएका छन् । लेखक अघिल्लो निर्वाचनमा एमाले साँसद डा.दिपक प्रकाश भट्टसित पराजित भएका थिए ।

क्षेत्र नं. ३ क मा प्रत्यक्षतर्फ १६ र समानुपातिकमा २४ जनाको नाम आएको छ । यसैगरी प्रदेश ख मा प्रत्यक्षमा ८ र समानुपातिकमा १२ जना सिफारिश भएका छन् ।

कञ्चनपुर क्षेत्र नं. २ बाट नारायण प्रकाश साउँद सहित हरि प्रसाद बोहरा, प्रेम बलायर सिफारिश भएका छन् । साउँद अघिल्लो निर्वाचनमा पराजित भएका थिए । काँग्रेसका निवर्तमान जिल्ला सभापति बोहरा पहिलो पटक चुनाव लड्न टिकटका दाबेदार भएका हुन् । समानुपातिकमा ९ जना आकाँक्षी छन् ।

यस निर्वाचन क्षेत्रमा प्रदेश सभा क मा प्रत्यक्षमा १० र समानुपातिकमा १४ जना आकाँक्षी छन् । प्रदेश सभा ख मा संविधान सभा सदस्य बहादुर सिह थापा एकल सिफारिश भएका छन् । यस क्षेत्रमा समानुपातिकमा २१ जना आकाँक्षी छन् ।

कञ्चनपुर क्षेत्र नं. १ मा प्रत्यक्ष र समानुपातिकका एक÷एक जना सिफारिश भएका छन् । संविधान सभा सदस्य दिवान सिह विष्ट प्रत्यक्ष र कृष्णागिरी समानुपातिक सिफारिश भएका छन् ।

प्रदेश सभा क मा प्रत्यक्षमा ९ समानुपातिक ८ तथा प्रदेश सभा ख मा प्रत्यक्ष ५ र समानुपातिक ८ जना आकाँक्षी देखिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.