ghar sansar

कञ्चनपुर २ ख मा एमालेबाट संविधान सभा सदस्य रानाको एकल नाम सिफारिश

little buddha academy
khasi

महेन्द्रनगर । संविधान सभा सदस्य कृपाराम राना कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ख बाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिश भएका छन् । एमाले प्रदेश क्षेत्रीय समन्वय कमिटीले आइतबार रानाको नाम एकल रुपमा जिल्ला कमिटीमा सिफारिश गरेको हो ।

बैठकमा प्रदेश सभा सदस्यका सबै आकाँक्षीसित छलफल गरी रानामा सहमति गरी एकल नाम सिफारिश गरिएको समन्वय कमिटीका सदस्य हरिश भाटले बताए । बैठकमा प्रदेश सभा सदस्यका लागि राना सहित १० जनाले आकाँक्षा राखेका थिए ।

,orning glory badhai

‘बैठकमा आकाँक्षा राखिए, त्यसपछि सबै आकाँक्षबीच छलफल गरी संविधान सभा सदस्य रानामा सर्वसहमति जुटेको हो’ उनले भने,‘समन्वय कमिटीबाट त्यसपछि रानाको एकल नाम सिफारिश गरिएको हो ।’

dirghayi clinic

एमाले केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज राना २०७० को संविधान सभा सदस्य निर्वाचनमा समानुपातिकबाट संविधान सभा सदस्य भएका थिए । आदिवासी जनजाति समुदायमा बलियो पकड भएका रानालाई यस अघि संघीय चुनाव लड्ने चर्चा बाहिर आएका थिए ।

रानाले एमाले नेतासित छलफल गरी प्रदेश सभा सदस्य चुनाव लड्ने मनसाय बनाएका हुन् । रानाले स्थानीय तह निर्वाचनबाटै आफू चुनाव लडने आन्तरिक तयारी अघि बढाएका थिए ।

स्थानीय तह निर्वाचनमा उनले बेदकोट नगरपालिकामा एमालेको चुनाव परिचालनको नेतृत्व लिएका थिए । उनी एमालेको १० आंै महाधिवेशनमा केन्द्रीय सदस्य भएपछि सह इन्चार्ज भएका हुन् ।

बेदकोट नगरपालिका २ का राना शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । एमालेको शिक्षक संगठनमा सक्रिय राना संविधान सभा सदस्य भएपछि शिक्षण पेशाबाट अलग भएका थिए । संविधान सभा सदस्य भएका बेला उनले शिक्षक सेवा आयोगको स्थायी परीक्षा उत्तीर्ण गरेका थिए ।

एमालेमा प्रष्ट वक्ता, बुद्धिजीवि र संगठन निर्माणमा सक्रिय नेताका रुपमा रानाले पहिचान बनाएका छन् । उनी धेरै नबोलेर काम गर्ने नेतामा पर्छन् ।

Himal dental
सम्बन्धित
Loading...