ghar sansar

कञ्चनपुुर क्षेत्र नं. २ मा एमालेबाट साँसद धामी र सिह सिफारिश, प्रदेश ख मा संविधान सभा सदस्य रानाको नाम एकल सिफारिश

महेन्द्रनगर । नेकपा(एमाले)का साँसद नर बहादुर धामी कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट फेरि प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएको छ ।

एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीले आइतबार साँसद धामी र राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिहको नाम जिल्ला कमिटीमा सिफारिश गरेको हो ।

mahostaw

साँसद धामी २०७४ को निर्वाचनमा काँग्रेसका एनपी साउँदलाई ८ हजार भोट मत अन्तरले पराजित गरी निर्वाचित भएका थिए । एमालेका केन्द्रीय सदस्य धामी कञ्चनपुर सह इन्चार्ज छन् ।

निर्वाचन क्षेत्र समन्वय कमिटीमा साँसद धामी, सिह र अशोक कुमार चन्दले आकाँक्षा राखेका थिए । छलफलपछि साँसद धामी र सिहको नाम जिल्ला कमिटीमा सिफारिश गरिएको छ ।

बेदकोट नगरपालिकाका मेयर चन्द केही दिन अघि मात्रै नेकपा एकीकृत समाजवादी छाडेर एमाले फर्किएका थिए ।

साँसद धामी क्षेत्र नं. २ मा दुई पटक चुनाव लडेका छन् । उनी २०७० को संविधान सभा सदस्य निर्वाचनमा भने काँग्रेसका साँउदसित पराजित भएका थिए ।

काँग्रेसबाट यस पटक पनि साँउद सहित तीन जनाको नाम प्रदेश समितिमा सिफारिश गरिएको छ । साउँद काँग्रेस केन्द्रीय सदस्य हुन् ।

एमालेबाट निर्वाचन क्षेत्र नं. २ का प्रदेश ख मा संविधान सभा सदस्य कृपाराम रानाको नाम एकल सिफारिश गरिएको छ । प्रदेश क मा भने कर्णाली प्रदेशका पूर्व प्रमुख गोविन्द प्रसाद कलौनी सहित सात जना आकाँक्षी छन् ।

उनीहरुबीच सोमबार छलफल गरी जिल्ला कमिटीमा नामावली पठाइने एमाले नेताहरुले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...