भीमदत्तका निवर्तमान मेयर विष्टले राखे कञ्चनपुर क्षेत्र नं. ३ ख मा प्रदेश सभा सदस्य उम्मेदवारमा आकाँक्षा
महेन्द्रनगर । भीमदत्त नगरपालिका निवर्तमान सुुरेन्द्र विष्टले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख मा उम्मेदवारका लागि आकाँक्षा राखेका छन् । प्रदेश समन्वय कमिटी बैठकमा विष्ट सहित पाँच नेता उम्मेदवारका आकाँक्षी देखिएका छन् ।
उनीहरुमा विष्ट सहित ईश्वरी प्रसाद खरेल, गगन खत्री, चिनी गिरी, चन्द्र सिह धामी र विष्णु कँडेल छन् । विष्ट एमाले कञ्चनपुरका अध्यक्ष छन् । यसैगरी खरेल केन्द्रीय लेखा आयोग सदस्य छन् । उनी प्रतिनिधि सभा सदस्य पनि आकाँक्षी छन् ।
दोधारा चाँदनी नगरपालिकामा निवर्तमान उप मेयर गिरी प्रदेश कमिटी सदस्य छन् । यसैगरी गगन खत्री र धामी सचिवालय सदस्य र कँडेल प्रदेश समन्वय कमिटीका सह संयोजक छन् ।
प्रदेश समन्वय कमिटीले सोमाबार आकाँक्षीबीच छलफल गरी जिल्ला कमिटीमा अन्तिम तीन जनाको नामावली पठाउने तयारी गरिएको छ । एमाले जिल्ला कमिटी उप सचिव कर्ण बहादुर चन्दले छलफल गरेपछि सोमबारसम्म जिल्लामा नाम आउने बताए ।