महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधि सदस्यका लासग तीन जानको नाम सिफारिश गरिएको छ ।
एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले आइतबार तारालामा तामाङ्ग, खेम सुवेदी र बीर बहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिश गरेको हो ।
प्रतिनिध सभा सदस्यका लागि सिफारिश गरिएकामधये तामाङ्ग सुदूरपश्चिम प्रदेश सभा सदस्य छन् । एमाले विभाजनपछि एकीकृत समाजवादी गएका तामाङ्ग केही दिन अघि मात्रै एमाले फर्किएका थिए । २०७४ को निर्वाचनमा उनी एमालेबाट निर्वाचन क्षेत्र नं. १ क मा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री तामाङ्ग एमाले कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष हुन् । उनी विघटित नेकपाका जिल्ला सचिव थिए ।
२०५४ को स्थानीय निकाय निर्वाचनमा सानै उमेरमा तत्कालिन कालिका गाविसको अध्यक्षमा निर्वाचित भएका उनी २०७० को संविधान सभा सदस्य निर्वाचन लडेका थिए । उनी थोरै मतले हारेका थिए । चुनाव नतिजा आएपछि उनले सबैभन्दा पहिला निर्वाचित काँग्रेस नेता एनपी साउँदलाई फूलमाला लगाएका थिए ।
प्रतिनिधि सभा सदस्यका अर्का उम्मेदवारद्वय सुवेदी र थापा प्रदेश कमिटी सदस्य छन् । सुवेदी एमाले अखिल नेपाल किसान संघको राजनीतिमा सक्रिय छन् । माओवादी छाडेर एमाले आएका थापा एमालेका निवर्तमान जिल्ल्ला अध्यक्ष हुन् ।