ghar sansar

मन्त्री छाडेर एमाले फर्किएका चौधरी फेरि प्रदेश साँसद लड्न इच्छुक

khasi

महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी छाडेर एमाले फर्किएका सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री कुलबीर चौधरीले फेरि प्रदेश सभा सदस्य चुनाव लड्ने इच्छा राखेका छन् । उनी कञ्चनपर क्षेत्र नं. १ ख बाट प्रदेश सभा सदस्यका लागि सिफारिश गरिएका छन् ।

प्रदेश सभा सदस्यका लागि चौधरी सहित १३ जना नेता सिफारिश गरिएका छन् । त्यसमा जिल्ला कमिटी सचिव पल्लवराज भट्ट लगायतका छन् ।

अघिल्लो आम निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका चौधरी एमाले विभाजनपछि समाजवादी गएका थिए । त्यससपछि भौतिक पूर्वाधार विकास राज्य मन्त्री छाडेर उनी गत बुधबार महेन्द्रनगर स्मारकमा एमाले फर्किएका थिए । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर सम्मान गरेका थिए ।

dirghayi clinic

चौधरी एमाले फर्किनका लागि महेन्द्रनगर आएपछि उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री चिलोचन भट्टले पदबाट हटाएका थिए । झण्डावाल गाडीमा उनले कार्यक्रम पुगेपछि गाडी फिर्ता गरेका थिए ।

चौधरीसंगै सुदूरपश्चिम प्रदेश सभाका सदस्य ताराालमा तामाङ्ग पनि फर्किएका हुन् । उनी कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश भएका छन् । एमालेमा चौधरी र तामाङ्ग दुबै बलियो पकड भएका नेता हुन् ।
एमालेको निर्वाचन क्षेत्र र प्रदेश कमिटीले आइतबार उम्मेदवारका आकाँक्षीको नाम जिल्ला कमिटीमा सिफारिश गरेको हो ।

प्रदेश सभा क्षेत्र क मा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्त अधिकारी सहित विश्वनाथ विष्ट र पूर्णा गुरुङ्गको नाम सिफारिश गरिएको छ । गुरुङ्ग केही दिन अघि मात्रै एकीकृत समाजवादी छाडेर एमाले फर्किएकी थिइन् ।

यसैगरी प्रदेश सभा ख बाट १३ जनाको नाम सिफारिश गरिएको छ । प्रदेश समन्वय कमिटी बैठकमा आकाँक्षी राखेका सबैले अडान नछाडेपछि उनीहरुको नाम सिफारिश गरिएको छ ।

उनीहरुमा एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्ट सहित बजारे चौधरी, दुर्गा खरेल, भीम बहादुर थापा, टेक बहादुर साउँद, यज्ञ प्रसाद कँडेल,बलदेब सिह बुडाल, कुलबीच चौधरी, राधाकृष्ण जोशी, मर्यादा विष्ट, लक्ष्मण भाट, पुष्पराज जोशी र धिरेन्द्र जोशी छन् ।

Himal dental
सम्बन्धित
Loading...