एमाले अध्यक्ष ओलीसम्म दबाव दिएर अध्यक्षको टिकट खोसिएका बेलडाँडी इन्चार्ज उपाध्ययले छाडे पार्टी, माओवादी केन्द्र प्रवेश

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एमाले आठौ जिल्ला अधिवेशनमा जिल्ला सदस्य निर्वाचित भएपछि उनी इन्चार्ज भएका थिए ।

janjyoti campus

स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिकाकाको अध्यक्षमा टिकट खोसिएपछि उनी असन्तुष्ट थिए । उनलाई अध्यक्षको टिकट रोक्न आठौं जिल्ला अधिवेशनमा पराजित समूहका सबै नेता लागि परेका थिए ।

उनी जिल्ला कमिटीमा गाउँपालिका अध्यक्षका लागि प्रदेश समितिमा सिफारिश भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीससम्म दबाव दिएर उपाध्ययको टिकट रोकिएको थियो । चुनावमा उनले एमाले नेतालाई भगौडाको आरोप पनि लगाएका थिए ।

उपाध्यायलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीमा स्वागत गरेका छन् ।

एमाले भित्र चरम गुटबन्दी आफन्त एव नातावाद हावि भएपछि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि माओवादी केन्द्रमा प्रवेस गरेको उपाध्यायको भनाई छ ।

ghar sansar
सम्बन्धित
Loading...