महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा एमालेबाट साँसदको टिकटका आकाँक्षी तीन नेता समानुपातिक र प्रदेश प्रत्यक्षमा सिफारिश भएका छन् ।
एमाले जिल्ला कमिटीले साँसदको टिकटका आकाँक्षी एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेललाई निर्वाचन क्षेत्र नं. ३ क बाट सिफारिश गरेको छ । उनीसंगै पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावललाई प्रदेश समानुपातिक र अर्का नेता हिरा सिह सार्की संघको समानुपातिकमा सिफारिश भएका छन् ।
प्रदेश ३ क सिफारिश गरिएका खरेल संघ र प्रदेश ख बाट उम्मेदवारीका लागि आकाँक्षा राखेका थिए । कञ्चननपुर ३ बाट साँसद दिपक प्रकाश भट्ट र निरुदवी पाल टिकटका लागि सिफारिश गरिएका छन् ।