
महेन्द्रनगर । नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट कञ्चनपुर क्षेत्र नं. ३ ख बाट प्रदेश सभा सदस्य टिकटका लागि सिफारिश गरिएका छन् । एमाले जिल्ला कमिटीले विष्टको एकल नाम प्रदेश कमिटीमा सिफारिश गरेको हो । उनी भीमदत्त नगरपालिकाका निवर्तमान मेयर हुन् ।
विष्ट निर्वाचन क्षेत्र ३ क बाट चुनाव लड्ने अड्कल गरिएको थियो । त्यस विपरित उनले प्रदेश सभा ख मा दाबेदारी एकल सिफारिश भएका छन् ।

३ ख मा दाबेदारी राखेका एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल प्रदेश ३ क बाट टिकटका लागि सिफारिश गरिएका छन् । खरेलले प्रतिनिधि सभा सदस्यको टिकटमा पनि दाबेदारी गरेका थिए ।
प्रदेश कमिटी समन्वय बैठकमा अध्यक्ष विष्ट सहित खरेल, गगन खत्री, चिनी गिरी, चन्द्र सिह धामी र विष्णु कँडेल आकाँक्षी थिए ।
यस क्षेत्रमा दोधारा चाँदनी नगरपालिका १० र भीमदत्तका ७ वडा पर्छन् । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन वाम गठबन्धनका उम्मेदवार मान सुनार निर्वाचित भएका थिए । उनीसित काँग्रेसका बेल बहादुर राना पराजित भएका थिए । राना यस पटक पनि काँग्रेसबाट उम्मेदवार सिफारिश भएका छन् ।
