ghar sansar

एमालेमा पाउलान त यी नेताले टिकट, सधैं जो सिफारिश मात्रै हुन्छन्

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ क बाट एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल सहित नेताहरु उम्मेदवारका लागि सिफारिश गरिएका छन् । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरिएका नाम केन्द्रीय समितिमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने भएको हो ।

एमाले जिल्ला कमिटीबाट सिफारिश भएकामध्ये खरेल र एमाले जिल्ला उप सचिव कर्ण बहादुर चन्द यस अघि स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा सिफारिश गरिएका थिए । उनीहरु दुबैलाई टिकट नदिएर एमालेले महेश पन्तलाई उम्मेदवार बनाएको थियो ।

lotus institite

आगामी निर्वाचनमा खरेलले प्रतिनिधि सभा सदस्य र चन्दले ३ क मा आकाँक्षा राखेका थिए । एमाले जिल्ला कमिटीले खरेललाई ३ क मा पुगाएर सिफारिश गरेको छ । चन्द आकाँक्षा गरिएको क्षेत्रबाट उम्मेदवार सिफारिश गरिएका छन् ।

daimond public

खरेल र चन्दले यस अघि २०७४ को निर्वाचनमा आकाँक्षा राखेका थिए । खरेल मेयर र प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा उनी पुत्र वियोगका कारण दुःखमा भएपछि चुनाव लड्न अनिच्छा देखाएका थिए । त्यसपछि एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट लडेका थिए ।

खरेल २०५४ को स्थानीय निकाय निर्वाचनमा भीमदत्तको उप मेयर निर्वाचित भएका थिए । एमालेको आर्ठाै जिल्ला अधिवेशनमा उप सचिव भएका चन्द २०७४ को टिकटका आकाँक्षी थिए ।

स्थानीय तह निर्वाचनमा मेयरका आकाँक्षी उनी टिकट नपाएपछि तत्कालिन वाम गठबन्धनका उम्मेदवार प्रकाश रावल विरुद्ध उम्मेदवार भएका थिए । पछि एमालेले उनीसित छलफल गरी उनलाई बसाएको थियो । चन्दको नरोकिए भए गठबन्धनका उम्मेदवार रावल सहित सबै उम्मेदवारलाई असहज हुने चिन्ता देखिएको थियो ।

चन्द अहिले पनि फेरि प्रदेश सभा सदस्य उम्मेदवारका आकाँक्षी छन् । उनी जिल्ला पदाधिकारी भएकाले टिकट लिएर चुनाव लड्नु पर्ने नैतिक दबावमा परेका छन् । उनको क्षेत्रबाट खरेल सहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य सहित सिफारिश भएपछि उनी असहज अवस्थामा पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...