महेन्द्रनगर । कर्णाली प्रदेशका पूर्व प्रमुख गोविन्द प्रसाद कलौनीमा प्रदेश सभा सदस्यको दाबेदारीबाट पछि हटेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र २ क बाट प्रदेश सभा सदस्यका आकाँक्षी कलौनी सर्वसम्मतमा सहमति नजुटेपछि पछि हटेका हुन् ।
एमालेको प्रदेश कमिटीमा पूर्व प्रदेश प्रमुख कलौनी सहित आकाँक्षा राखेका थिए । त्यसपछि आकाँक्षीबीच छलफल गरी सहमतिको प्रयास गरिएको थियो । ‘सर्वसम्मत उम्मेदवार भए मात्रै वहाँले दाबेदारी गर्नु भएको थियो, सहमति भएन, त्यसपछि बाहिरिनु भयो’ एमालेका एक नेताले भने ।
छलफलमा आकाँक्षी नेता सर्वसम्मत बनाउन सहमत नभएपछि उनी दाबेदारीबाट पछि हटेका हुन् । एमालेको एमालेको केन्द्रीय निर्वाचन लेखा आयोग सदस्य कलौनी यस अघि २०७४ को निर्वाचनमा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि आकाँक्षी थिए ।
कृष्णपुर नगरपालिका कलौनीका पछि हटेपछि निर्वाचन क्षेत्र नं. २ ख बाट ९ जनाको नाम सिफारिश गरिएको छ । कलौनी २०४८ मा डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर र २०५६ मा बैतडी निर्वाचन क्षेत्र नं. २ मा आम निर्वाचन लडेका थिए ।
शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा आएका कलौनी एमालेका इमान्दार र स्वच्छ छविका नेताका रुपमा परिचित छन् ।