ghar sansar

संसदीय चुनाव जित्ने चटौतको चाहनालाई एमालेले टिकट दिएर गर्ला त पूरा

khasi

महेन्द्रनगर । तीन संसदीय निर्वाचन लडेका नेकपा एमालेका नेता नन्दलाल चटौत कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिश भएका छन् ।

एमाले जिल्ला कमिटीले प्रदेश सभा सदस्यका लागि चटौत सहित ८  जनाको नाम प्रदेश कमिटीमा पठाएको हो । चटौत प्रदेश सभा सदस्य चुनाव लड्ने चटौत केही महिनादेखि निर्वाचन क्षेत्रमा घरदैलो गरि सकेका छन् । ‘जिल्लाबाट प्रदेशमा सिफारिश गरिएको छ, त्यहाँबाट केन्द्रसम्म पुगेर टिकट पाउनेमा आशावादी छु’ उनले भने,‘पार्टीले मेरो मूल्याङ्कन गरी टिकट दिनेमा विश्वस्त छु ।’

Anant bahu travels

एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य चटौतले यस अघि प्रदेश सभा सदस्य निर्वाचन जिते राज्यबाट पाउने सबै सेवा सुविधा नलिने घोषणा गरि सकेका छन् ।

प्रदेश सभा सदस्य निर्वाचनमा टिकटका लागि एमालेबाट सिफारिश चटौत यस अघि तीन संसदीय निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका हुन् । उनी २०५१ को मध्यावधि निर्वाचन, २०६४ र २०७० को संविधान सभा निर्वाचन लडेका छन् । उनी ती सबै निर्वाचन कञ्चनपुर क्षेत्र नं. १ बाट लडेका हुन् ।

dirghayi clinic

२०५१ मा उनी संसदीय चुनाव लड्दा कञ्चनपुर क्षेत्र नं. १ मा एमाले छाडेर समाजवादी भएका राम कुमार ज्ञवाली निर्वाचित भएका थिए । त्यसपछि दुई उनी लडेका संविधान सभा सदस्य निर्वाचनमध्ये २०६४ मा माओवादी केन्द्रका पुरन राना थारु र २०७० मा काँग्रेसका दिवान सिह विष्ट निर्वाचित भएका थिए ।

दोस्रो संविधान सभा सदस्य निर्वाचनपछि उनी राप्रपामा निष्क्रिय भएर २०७४ को स्थानीय तह निर्वाचन अघि एमाले आएका थिए । एमालेले उनलाई सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनाएको थियो । उनले प्रदेश कमिटी सदस्य भएर २०७४ मा सबै निर्वाचनमा एमालेलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेका थिए ।

राप्रपाको सुदूरपश्चिम प्रदेश अध्यक्ष र केन्द्रीय सदस्य छाडेर आएका चटौतलाई काँग्रेस प्रवेश गराउन काँग्रेस नेता एनपी साउँदले धेरै प्रयास गरेका थिए । उनी एमालेको राष्ट्रियताको नीतिबाट प्रभावित भएर साउँदका आग्रह अस्वीकार गरेका थिए । संसदीय निर्वाचन जित्नका लागि संघर्षरत चटौत २०४३ मा जिल्ला पञ्चायत सदस्य निर्वाचित भएका थिए ।

एमाले प्रवेश गर्दा उनलाई पार्टीभित्र र अन्य जिम्मेवारी दिने गरी सहमति गरिएको थियो । २०७४ को निर्वाचनमा एमाले र माओवादीले गठबन्धन बनाएर चुनाव लडेपछि चटौतका लागि सहमति कार्यान्वयन हुन नसकेर रोकिएको थियो ।

अधिवक्ता पृष्ठभूमिका चटौत शैक्षिक क्षेत्रमा सक्रिय छन् । उनी यस पटक प्रदेश सभा सदस्य उम्मेदवारका लागि एमाले आकाँक्षी भएका छन् । उनले बि.कम एलएबीसम्म अध्ययन गरेका छन् । 

चटौतले संसदीय चुनाव लड्दा सानो दललाई सहयोग गर्न नसकिने भनेर धेरै मतदाताले भन्ने गरेका थिए । एमाले आएपछि सबैले आफूलाई सहयोग गर्नेमा चटौत विश्वस्त देखिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...