ghar sansar

कञ्चनपुर क्षेत्र नं. ३ का दुबै प्रदेश सभाबाट टिकटका लागि माओवादी केन्द्रका आकाँक्षीका नाम सिफारिश

प्रतिनिधि सभा समानुपातिक भट्टको एकल नाम पठाइयो

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारका आकाँक्षीको नाम सिफारिश गरेको छ । माओवादी केन्द्रको जिल्ला बैठकले बिहीबार प्रदेश कमिटीमा नाम सिफारिश गरेको हो ।

प्रतिनिधि सभा सदस्यको समानुपातिकमा गोकर्ण भट्ट सिफारिश गरिएका छन् । प्रत्यक्षमा उम्मेदवार सिफारिश गरिएका छैन् । त्यस बाहेक प्रदेश सभाका दुबै क्षेत्रमा उम्मेदवार सिफारिश भएका छन् ।

lotus institite
daimond public

प्रदेश ३ क बाट संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट सहित दिपक साउँद, देबेन्द्र ढुङ्गाना र शंकर कुँबर, लोकराज जोशी र टेकेन्द्र साउँद सिफारिश भएका छन् । यस क्षेत्रबाट समानुपातिकमा रमेश पार्की, माया नेगी र बिरेन्द्र विसी सिफारिश भएका छन् ।

प्रदेश सभा ३ ख बाट प्रदेश सभा सदस्य मान बहादुर सुनार सहित कृष्णदत्त जोशी बोक्सर, विरेन्द्र सिह साउँद, विरेन्द्रराज विष्ट, इन्द्र रावत, कृष्णदत्त जोशी र भरत भट्ट सिफारिश गरिएका छन् ।

अधिवक्ता कौशिल्या ओझा, धनसरा नाथ र निरु कामी यस क्षेधबाट समानुपातिकमा सिफारिश गरिएका छन् । माओवादी केन्द्रका नेता सुरेश भट्टले प्रदेश कमिटीबाट आएका नामलाई जिल्ला कमिटी बैठकबाट प्रदेशमा सिफारिश गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...