ghar sansar

कञ्चनपुर क्षेत्र नं. २ मा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य जोशी सहित उम्मदवार सिफारिश

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारका लागि सिफारिश गरिएका छन् । माओवादी केन्द्रको जिल्ला कमिटीले जोशी सहित चार जनालाई प्रत्यक्ष उम्मेदवारका लागि सिफारिश गरेको हो ।

जोशी २०७४ को निर्वाचनमा निर्वाचन क्षेत्र नं २ क बाट निर्वाचित भएका थिए । उनी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका आकाँक्षी थिए ।

जोशी सहित प्रत्यक्षमा चन्द्रकान्त भट्ट, भीम भट्ट र नवराज ऐर सिफारिश भएका छन् । ऐर स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयर चुनाव लडेर पराजित भएका थिए । निर्वाचन क्षेत्र नं. २ बाट प्रेम बहादुर धानुक, मिनराज गिरी र शेर बहादुर राना समानुपातिकमा सिफारिश भएका छन ।

माओवादी केन्द्रका कञ्चनपुर संयोजक खेमराज पाण्डेय सहित अमिन दहित, ओम बिक्रम भाट, खेमराज पाण्डे, देबीलाल चौधरी, बलाराम पन्त, बीर बहादुर राजबंशी, भुवेश पन्त प्रदेश क उम्मेदवारका लागि सिफारिश भएका छन् ।

यस क्षेत्रबाट उमाकान्त जोशी, गोबिन्द बहादुर लुहार, जित बहादुर करियाकङग्रहुवा, नरहरी नाथ योगी, राजेन्द्र प्रशाद अवस्थी, सीता चौधरी समानुपातिकमा सिफाशिर भएका छन् ।

प्रदेश सभा ख बाट ओम विक्रम भाट(सरल), जनक धामी, लोग बहादुर ऐरी, शिवराज पनेरु, हेमराज पाण्डे प्रत्यक्षमा र ईश्वर सुनार, कमल राना, कमला ऐर, गणेश विक, देशराज चौधरी, दुर्गा जोशी(भट्ट), मान बहादुर राना, लाल परियार, शान्ति शाही, शिवी लुहार र हिरा जैसी समानुपातिकमा सिफारिश भएका छन ।

जैसी स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिकाको उप मेयरमा पराजित भएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...