माओवादी साँसद मगरका स्वकीय पनि प्रदेश सदस्यका लागि सिफारिश

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएकी साँसद विना मगरका स्वकीय (पीए) दिपक प्रसाद तिमिल्सिना प्रदेश सभाका लागि सिफारिश गरिएका छन् ।

माओवादी केन्द्रको जिल्ला कमिटीले बिहीबार साँसद मगरका स्वकीय तिमिल्सिनालाई कञ्चनपुर क्षेत्र नं. १ क बाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिश गरिएको हो । साँसद मगर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिश गरिएका छन् ।

प्रदेश सभा क बाट तिमिल्सिना सहित कञ्चन गिरी, दिपक बिसी(आर्दश), भक्ता राना, लोकेन्द्र लम्साल प्रत्यक्षमा सिफारिश गरिएका छन् । उनीहरुमध्ये लम्साल राष्ट्रिय जनमोर्चा छाडेर माओवादी केन्द्रमा लागेका हुन् ।

यसैगरी समानुपातिकमा कृष्ण पण्डित, पदम परियार, फुल्लन राना, बिरबल विश्वकर्मा, भागुराम चौधरी, र रिता विक सिफारिश भएका छन् । समानुपातिक सिफारिश गरिएका विरबल विक एमाले छाडेर माओवादी गएका हुन् ।

Sisu
सम्बन्धित
Loading...