महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा पराजित नेताहरु नेकपा माओवादी केन्द्रबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिश गरिएका छन् । माओवादी केन्द्रको जिल्ला कमिटीले निर्वाचन क्षेत्र र प्रदेश कमिटीबाट आएका आकाँक्षीलाई छलफल गरी प्रदेश कमिटीमा पठाएको हो ।
कञ्चनपरर क्षेत्र नं. ३ बाट ख बाट स्थानीय तह निर्वाचनमा उप मेयर र वडा अध्यक्षमा पराजित नेता सिफारिश गरिएका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको उप मेयरमा पराजित नेता फेरि प्रदेशमा सिफारिश गरिएका छन् ।
भीमदत्त नगरपालिकाको उप मेयरमा पराजित कृष्णदत्त जोशी बोक्सर र दोधारा चाँदनीको उप मेयरमा पराजित भरत भट्ट प्रदेश सभा सदस्यको प्रत्यक्ष टिकटका लागि सिफारिश गरिएका छन् ।
भीमदत्त नगरपालिका १८ को वडा अध्यक्ष पराजित विरेन्द्रराज विष्ट पनि प्रदेश सभा सदस्यका लागि सिफारिश गरिएका छन् । विष्ट माओवादीको विद्यार्थी नेता हुन् ।
बेदकोट नगरपालिकाको उप मेयरमा पराजित हिरा जैसी कञ्चनपुर क्षेत्र नं. २ ख बाट समानपातिकमा सिफारिश भएका छन् । यसैगरी शुक्लाफाँटा नगरपालिकाको मेयरमा पराजित नवराज ऐर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि निर्वाचन क्षेत्र नं. २ बाट सिफारिश भएका छन् ।
प्रदेश ख बाट उम्मेदवारका लागि सिफारिश गणेश विक स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिका ५ को वडा अध्यक्षमा पराजित भएका थिए । उनी २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए ।
स्थानीय तह निर्वाचनमा कञ्चनपुरमा माओवादी र समाजवादीले चुनावी तालमेल गरेका थिए ।