माओवादीका यी दुई नेता उम्मेदवारी सिफारिशमै उपेक्षाको शिकार

Amity

महेन्द्रनगर । सत्ता साभेदार नेकपा माओवादी केन्द्रले एकै नेतालाई दुई क्षेत्रबाट उम्मेदवार बनाउँदा पनि केही नेता भने सिफारिशमा वेवास्ता गरिएका छन् । माओवादी केन्द्रका नेता नन्द सिह सार्की चक्रदेब र शिवीराज राना उम्मेदवार सिफारिशमा वेवास्ता गरिएका हुन् । उनीहरु दुबै कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ को बेदकोटका हुन् । यो निर्वाचन क्षेत्र नं. २ ख प्रदेश सभा सदस्यमा पर्छ ।

बेदकोटका माओवादी नेता ओमबिक्रम भाट सरल भने प्रदेश सभाका दुबै क्षेत्रबाट प्रत्यक्षमा सिफारिश गरिएका छन् । भाटका क्षेत्रका यी दुई नेता भने माओवादीको उम्मेदवारीमा उपेक्षित भएका छन् ।

janjyoti campus

माओवादी नेता सार्की अन्तरिम विधायिका हुन् । उनी माओवादी तत्कालिन सशस्त्र जनयुद्धमा सक्रिय नेता हुन् । उनी पार्टीमा चक्रदेब नामले परिचित छन् । उनलाई केही दिन अघि बेदकोट नगरपालिकाले शिक्षा समितिको सदस्यमा मनोनित गरेको थियो ।

माओवादी नेताहरुका अनुसार सार्की पछिल्लो पटक पार्टीमा उपेक्षित हुँदै आएका छन् । माओवादीका अर्का नेता राना पनि माओवादीका सक्रिय नेता हुन् । उनी माओवादी कोटामा राष्ट्रिय वादी प्रतिष्ठानका कार्यकारी निर्देशक भइ सकेका छन् । उनी माओवादी सल्लाहकार परिषद्का सदस्य भई सकेका छन् ।

निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा महेशदत्त जोशी सिफारिश गरिएका छन् । उनी बाहेक प्रत्यक्षमा चन्द्रकान्त भट्ट, भीम भट्ट र नवराज ऐर सिफारिश भएका छन् । नर्वाचन क्षेत्र नं. २ बाट प्रेम बहादुर धानुक, मिनराज गिरी र शेर बहादुर राना समानुपातिकमा सिफारिश भएका छन् ।

माओवादी केन्द्रका कञ्चनपुर संयोजक खेमराज पाण्डेय सहित अमिन दहित, ओम बिक्रम भाट, खेमराज पाण्डे, देबीलाल चौधरी, बलाराम पन्त, बीर बहादुर राजबंशी, भुवेश पन्त प्रदेश क उम्मेदवारका लागि सिफारिश भएका छन् ।
यस क्षेत्रबाट उमाकान्त जोशी, गोबिन्द बहादुर लुहार, जित बहादुर करियाकङग्रहुवा, नरहरी नाथ योगी, राजेन्द्र प्रशाद अवस्थी, सीता चौधरी समानुपातिकमा सिफाशिर भएका छन् ।

प्रदेश सभा ख बाट ओम विक्रम भाट(सरल), जनक धामी, लोग बहादुर ऐरी, शिवराज पनेरु, हेमराज पाण्डे प्रत्यक्षमा र ईश्वर सुनार, कमल राना, कमला ऐर, गणेश विक, देशराज चौधरी, दुर्गा जोशी(भट्ट), मान बहादुर राना, लाल परियार, शान्ति शाही, शिवी लुहार र हिरा जैसी समानुपातिकमा सिफारिश भएका छन् ।

नन्द सिह सार्की चक्रदेब
शिवीराज राना वादी
नगर कमिटी सदस्य
मोर्चा केन्द्रीय सल्लाहकार

सरल दुई ठाउँबाट

ghar sansar
सम्बन्धित
Loading...