ghar sansar

एमाले कञ्चनपुरका उप सचिव चन्द भन्छन् – ३ क मा राप्रपासित तालमेल हुँदैन

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर उप सचिव कर्ण बहादुर चन्दले कञ्चनपुर क्षेत्र नं. ३ क मा राप्रपासित चुनावी तालमेल स्वीकार्य नहुने बताएका छन् । उनले तालमेलका लागि छलफल अघि बढेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्ति गरेका छन् ।

daimond public

‘३ क मा राप्रपासित कुनै पनि हालतमा तालमेल स्वीकार्य हुँदैन’ उनले भने,‘अहिले त्यसको तयारी भई रहेको भन्ने आएको छ, त्यो किमार्थ स्वीकार हुँदैन ।’

lotus institite

एमाले उप सचिव चन्द प्रदेश ३ क बाट उम्मेदवारी सिफारिश गरिएका छन् । उनले राप्रपा नेता धर्मराज जोशीले एमाले सहयोग चुनाव लड्ने प्रचार गर्दै हिँडेको सुनिएकाले सहकार्य नहुने बताए ।

Himal dental
सम्बन्धित
Loading...