ghar sansar

महाकाली विभेद प्रकरणमा नेकपा बहुमतले भन्यो– निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गरौ

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (बहुमत) ले महाकाली नदीको भुजेला घाटमा दलित समुदायका ब्रतालु महिलामाथि भएको जातीय विभेदको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

बहुमतका जिल्ला इन्चार्ज अर्जुन र जिल्ला संयोजक नक्सालले आइतबार विज्ञप्ति प्रकाशित गरी जातीय विभेदको घट्नाप्रति खेद प्रकट गर्दै दोषीलाई कानुन अनुसार सजाय मार्ग माग गरेको छ ।

,orning glory badhai

‘भीमदत्त नगरपालिका अन्र्तगत महाकाली नदीको किनारमा हिन्दू धर्मावलम्बी नारीहरुको पर्व ऋषि पन्चमीका दिन दलित समुदायका बर्तालु नारीहरु र पुजारी पण्डितका बिच भएको वादविवादको घटना प्रती नेकपा (बहुमत) जिल्ला समिति कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ । समाजकै सर्वश्रेष्ठ मानिएको मानव एक्काइसौं शताब्दीमा पुगेर पनि जातीय उत्पीडन, छुवाछूत, भेदभाव, दमन, शोषण प्रवृत्ति देखाउने उक्त घटना प्रती हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ उक्त दिनको घट्नाको सत्यतथ्य र निष्पक्ष छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं ।’

dirghayi clinic

बहुमतले महाकाली नदीको घट्नालाई लिएर सामाजिक सद्भाव बिथोल्ने खोजिएकोमा चिन्ता व्यक्त गर्दै आागमी दिनमा यस्ता घट्ना दोहोरिन नहुनेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘साथै यस घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्दै आगामी दिनमा यस्ता घटना लाई अतिरन्जित गरि दोहोरिन नदिन,कुनै किसिमको भ्रममा नपर्न र उत्तेजित नभइ दिन,जातीय अहंकारलाई निरुत्साहित गर्दै जातीय भेदभाव तथा छुवाछूत रहित सभ्य समाज निर्माणमा अग्रसर हुन सम्पुर्ण न्यायप्रेमी तथा परिवर्तनकारी जनसमुदायहरुमा हार्दिक अपील गर्दछौं ।’

बहुमतले जातीय भेदभाव र छुवाछुत रहित समाज निर्माणका लागि सबै पक्षसित आग्रह पनि गरेको छ । गत भदौ १६ गते ऋषि पञ्चमीका दिन महाकाली नदीको भुजेला घाटमा दलित समुदायका ब्रतालु महिलाको पुजापाठ गर्न अस्वीकार गरिएपछि पीडित महिलाहरुले पुजारी विरुद्ध जाहेरी दिएका छन् । पुजारी सहदेब भट्ट प्रहरी हिरासतमा छन् । उनीमाथि जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ अनुसार अनुसन्धान अघि बढाइएको छ ।

नेकपा बहुमत जिल्ला पार्टी कार्यलय सचिव दिपेन्द्र ऐरीले घट्नाप्रति खेद व्यक्त गर्दै जातीय आधारमा हुने कुनै पनि किसिमका विभेद गर्न समाजलाई पाच्य नहुने बताए ।

Himal dental
सम्बन्धित
Loading...