ghar sansar

समाजवादीले सबै क्षेत्रबाट उम्मेदवार समेत सिफारिश गर्न सकेन, स्थानीय चुनाव हारेकालाई पनि टिकटका लागि सिफारिश

Amity

महेन्द्रनगर । पार्टीका प्रभावशाली नेता एमाले फर्किएपछि असहज अवस्थामा पुगेको सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ । समाजवादीको एक साता अघि बसेको बैठकमा उम्मेदवारका लागि आकाँक्षा देखाएका सबै नेतालाई टिकटका लागि सिफारिश गरिएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिश गरिएकामा नेता स्थानीय तह निर्वाचनमा मेयर, उप मेयर वडा अध्यक्षमा पराजित भएका नेतासम्म छन् । कञ्चनपुर क्षेत्र नं. १ मा पुनर्वास नगरपालिकाका निवर्तमान मेयर जीवनराज थापा उम्मेदवार सिफारिश भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित उनी चार महिना अघिको निर्वाचनमा अन्तरले पराजित भएका हुन् । उनी निर्वाचन क्षेत्र नं. १ मा एकल सिफारिश गरिएका छन् । थापा समाजवादीका जिल्ला अध्यक्ष हुन् ।

lotus institite

निर्वाचन क्षेत्र नं. १ का दुई प्रदेशमध्ये समाजवादीले क बाट प्रताप चन्दलाई उम्मेदवार सिफारिश गरेको छ । चन्द यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए । प्रदेश सभा ख बाट समाजवादीका उम्मेदवार सिफारिश गरिएका छैनन् ।

एमाले फर्किने सूचीमा अन्तिमसम्म राखिएका बीर बहादुर बुढाथोकी निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिश भएका छन् । समाजवादीका विद्यार्थी नेता मावध पन्त पनि प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिश भएका छन् । पन्त स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको उप मेयरमा पराजित भएका थिए । 

एमाले अध्यक्ष ओलीले भदौ १५ गते मदनचोकमा समाजवादीका धेरै नेता कार्यकर्तालाई एमालेमा स्वागत गरेका थिए । एमाले फर्किने सूचीमा बुढाथोकी र उनकी धर्मपत्नि विना बुढाथोकीको नाम अन्तिमसम्म राखिएको थियो । कार्यक्रममा उनीहरु दुबैलाई स्वागतका लागि आमन्त्रण गरिएको थियो ।

स्थानीय तह निर्वाचनमा बुढाथोकी बेदकोट नगरपालिकाको निर्वाचन परिचालक समितिका संयोजक भएका थिए । उनी २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेबाट जिल्ला सदस्य निर्वाचित भएका थिए ।

समाजवादीका कञ्चनपुर इन्चार्ज लाल बहादुर खड्का फेरि कञ्चनपुर क्षेत्र नं. २ ख बाट उम्मेदवार सिफारिश भएका छन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभा क बाट भने उम्मेदवारी सिफारिश गरिएको छैन ।

कञ्चनपुर क्षेत्र नं. ३ मा भने संघ र प्रदेशका तीन ओटै क्षेत्रमा समाजवादीका उम्मेदवार सिफारिश गरिएका छन् । प्रतिनिधि सभा सदस्यमा उर्वादत्त पन्तको नाम सिफारिश गरिएको छ ।

२०५१ को मध्यावधि निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ मा निर्वाचित पन्तले त्यसपछि लडेका सबै निर्वाचनमा पराजय भोगेका छन् । उनी २०५६ को आम निर्वाचन र २०७० को संविधान सभा सदस्य निर्वाचन लडेका थिए । यस अघि सबै निर्वाचन एमालेबाट लडेका उनी यस पटक समाजवादीबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न लागेका हुन् ।

कञ्चनपुर क्षेत्र नं. ३ क बाट प्रकाश रावल र हरक सिह धामी सिफारिश भएका छन् । प्रदेश ख बाट तारादत्त जोशी सिफारिश भएका छन् । प्रदेश सभा सदस्य क बाट सिफारिश रावल २०७४ को चुनावमा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री रावल यस पटक समाजवादीका चुनाव लड्न लागेका छन् । रावलसंगै सिफारिश २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट भीनपा ६ को वडा अध्यक्ष निर्वाचित भएका थिए । उनी समाजवादीको जिल्ला सचिव हुन् ।

प्रदेश सभा सदस्य ख बाट सिफारिश जोशी एकल सिफारिश गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...