
महेन्द्रनगर । नेकपा(एकीकृतसमाजवादी)का सुदूरपश्चिम प्रदेश संसदिय दलका प्रमुख सचेतक दुर्गा बिक नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।
काठमान्डौमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को निवास मै पुगेर उनी माओवादी प्रबेश गरेकी हुन । अध्यक्ष प्रचण्डले उनी सहित अन्य नेताहरुलाई खादा ओढाएर पार्टी मा स्वागत गरेका हुन् ।

थारू कलाकार मंचका केन्द्रीय अध्यक्ष एवं नेकपा(एस) काठमाडौ – कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, नेकपा एमालेका नेताहरू बिक्रम राना, बिनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि माओवादी मा प्रबेश गरेका छन् ।
