दोधारा चाँदनीमा सशस्त्र प्रहरी उद्धारमा, पोष्ट विस्थापित

महेन्द्रनगर । जोगबुढा नदीको बाढीले दोधारा चाँदनीमा सशस्त्र प्रहरीका दुई पोष्ट विस्थापित भएका छन् । बाढी पसेर बस्न नसकिने अवस्था आएपछि ती दुई पोष्ट विस्थापित भएका हुन् ।

दोधारा चाँदनी नगरपालिका १० स्थित कुतियावकर र ९ को सुन्दरनगर पोष्ट विस्थापित भएर विद्यालयमा बसेका छन् । सशस्त्र प्रहरी बाढी आएपछि उद्धार खटिएको छ ।

deepak

स्थानीयका अनुसार जोगबुढा नदीको बाढी वडा नं. ३, ७, ८, ९ र १० नम्बरका वस्तीमा पसेको छ । बाढी वस्तीमा पसेपछि सशस्त्र प्रहरी र जनपद प्रहरीका टोली उद्धारमा खटिएका छन् ।

सम्बन्धित
Loading...