ghar sansar

साँसदले विधेयक पढेपछि मात्रै पारित हुन्छ, नपढी पारित हुन्छ भन्ने भ्रम हो : साँसद चपाई

khasi

महेन्द्रनगर । राष्ट्रिय सभा सदस्य नन्द चपाईले साँसदहरुले विधेयक मस्यौदा अध्ययन गरेपछि मात्रै संदसबाट पारित गरिएको बताएकी छन् । उनले साँसदले विधेयक अध्ययन नगरी पारित गरिएको भ्रममा नपर्न आग्रह गरिन् ।

‘विधेयक नहेरी, नपढीकन पास हुन्छ भन्ने छैन, त्यो भ्रममा नपर्न म सबैमा आग्रह गर्छु’ नेपाल कानुन समाजले शनिबार महेन्द्रनगरमा आयोजना गरेको कानुन निर्माण संघीय संँसदको योगदान र चुनौती विषयक कार्यक्रममा उनले भनिन्,‘म राष्ट्रिय सभा सदस्य हुँ, त्यहाँ सबै विधेयकमा व्यापक छलफल नै गरी पास गरेका छौ ।’

dirghayi clinic

संघीय शासन व्यवस्थालाई हुर्काउनु पर्ने बाध्यता संघीय साँसदलाई भएको उल्लेख गर्दैै उनले पाँच वर्षमा संसदका दुबै सदनबाट पारित गरिएका कानुनले केही हदसम्म सहयोग पुग्ने सदस्य चपाईको भनाई थियो ।

राष्ट्रिय सभा सदस्य चपाईले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् । त्यस अघि छलफलमा सहभागी केही वक्ताले अशिक्षित र कानुन सम्बन्धी जानकारी नहुने साँसद भएकाले विधेयक अध्ययन नगरी पारित हुने गरिएको धारणा राखेका थिए । कार्यक्रममा केहीले साँसदलाई भतुवा भनेकोमा समेत उनले आपत्ति जनाइन् ।

‘५९ जनाको राष्ट्रिय सभा हुन्छ, त्यहाँ सबै क्षेत्रबाट आएका हुनु हुन्छ, म आफै ३५ वर्षदेखि राजनीतिमा छु’ उनले भनिन्,‘सक्षम मान्छे नै छैन, केही कमजोरी होलान, त्यसका आधारमा संसदलाई भतुवा भन्न राम्रो होइन् ।’

कार्यक्रममा संविधान सदस्य वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । संघीय संसदको पाँच वर्षे कार्यकालमा १ सय ५२ विधेयक दर्ता भएर ९० पारित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...