अधिकारकर्मी शारदा चन्दले पठाइन प्रतिनिधि सभा सदस्यमा सहयोगका लागि मतदातालाई २० हजार कार्ड

महेन्द्रनगर । आगामी प्रतिनिधि सदस्य निर्वाचन लड्ने तयारी थालेकी अधिकारकर्मी शारदा देवी चन्दले सहयोगका लागि मतदाताका घरसम्म कार्ड पठाएकी छन् । चुनावमा स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने घोषणापछि निर्वाचन क्षेत्रमा घरदैलोपछि मतदाताका घरमा कार्ड पठाएकी हुन् ।

अधिकारकर्मी चन्द कञ्चनपुर क्षेत्र नं. ३ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न लागेकी छन् । निर्वाचनमा सहयोगका लागि निर्वाचन क्षेत्र नं. ३ का मतदाताका घरसम्म २० हजार कार्ड पुगाएकी हुन् । उनी केही दिनपछि आफ्नो चुनावी घोषणा पत्र पनि मतदाताको घरदैलोमा पुगाउने तयारीमा लागेकी छन् ।

janjyoti campus

‘चुनाव लड्ने घोषणापछि म निर्वाचन क्षेत्रमा घरदैलो गरि रहेकी छु , भेटघाटलाई निरन्तरता दिई रहेको छु’ चन्दले भनिन्,‘अहिले सबै मतदाताका घरदैलोमा कार्ड पठाएकी छु, त्यसमा सबैलाई यस पटक सहयोग गर्न आग्रह गरिएको छ ।’

चन्दले पहिलो चरणमा २० हजार कार्ड पठाएको र यसपछि थप कार्ड मतदाताको घरदैलोमा पुगाइने बताइन् । निर्वाचन क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिका वडा नं. ८ गरी ३० वडा पर्छन् ।
उनी ती सबै वडाका मतदातालाई सहयोगका लागि कार्ड पठाउने योजना बनाएर अघि बढेकी छन् । ‘२० हजार कार्ड पहिलो चरणमा पुगाइएको छ, बाँकी सबै मतदाताको घरमा कार्ड पठाउँछु’ उनले भनिन् ।

चुनावका लागि चन्दले घोषणा पत्र तयार गरी छपाईका लागि पठाइ सकेका छन् । छपाई भएर आएपछि घोषणा पत्रलाई पनि सबै मतदाताको घरदैलोमा पुगाउनको उनको योजना छ ।

‘जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता सहितको घोषणा तयार गरिएको छ, त्यसमा पाँच वर्षे कार्यकालमा गर्ने काम उल्लेख गरिएका छन्’ उनले भनिन्,‘छपाईका लागि पठाइएको छ , छपाई पूरा भएर आएपछि छिटो नै पठाउने छौ ।’

चन्दले मतदाताको घरसम्म पुगाएको चन्दको तस्बिर सहित उनले गरेका कामबारे जानकारी समावेश गरिएको छ । कार्डमा चन्द्यलाई स्वतन्त्र उम्मेदवार भएको उल्लेख गरिएको छ ।

चन्द भीमदत्त नगरपालिका ५ वनगाउँस्थित महिला तथा वृद्धा सेवा केन्द्रका सञ्चालिका हुन् । कार्डमा उनलाई वृद्धाश्रम सञ्चालिका तथा सामाजिक अभियन्ता भनेर पनि उल्लेख गरिएको छ ।

चन्दले ९२ जना वेवारिश ज्येष्ठ नागरिकको दाहंस्कार गरेको, निर्मला पन्तको न्यायिक आन्दोलनको अगुवाई गरेको तथा भ्रष्टाचार विरुद्धका अभियन्ता भनेर कार्डमा उल्लेख गरिएको छ ।

अधिकारकर्मी चन्दले स्वतन्त्र उम्मेदवारलाई दिनु होस साथ, हुनु पर्ने छैन कसैले निराश, अबको मेरो बाँकी जीवन राष्ट्र र जनताको लागि समर्पित भन्ने नारा अघि सारेकी छन् ।

भीमदत्त नगरपालिका १५ की चन्द प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गर्न अघिसम्म काँग्रेसमा आवद्ध थिइन् । उम्मेदवारी घोषणापछि उनी काँग्रेसको महाधिवेशन प्रतिनिधि छाडेर स्वतन्त्र भएर चुनावी मैदानमा होमिएकी हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी क्षेत्रीय प्रतिनिधि भएर महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।

काँग्रेसभित्र नातावाद, परिवारवाद, आफन्तवाद र व्यक्तिवादी हावी भएको भन्दै असन्तुष्ट बनेकी उनले प्रधानमन्त्री शेर बहादुर देउवालाई राजीनामा पत्र पठाएर काँग्रेस छाडेकी थिइन् ।

अधिकारकर्मी चन्दले उम्मेदवार घोषणा गरेपछि उनलाई फर्काउन काँग्रेस नेता कार्यकर्ता सक्रिय भएर लागेका छन् । अहिले पनि उनी आफू विरुद्ध चुनाव नलड्ने अपवाह फैलाएको बताउँछिन् ।

‘मैले निर्वाचन क्षेत्रमा घरदैलो भेटघाट सबै गरि सकेकी छु, मतदाताका घरमा कार्ड पठाई सकेकी छु, तर पनि म विरुद्ध अनेकन अपवाह फैलाइएका छन्’ उनले भनिन्,‘चुनाव नलड्ने भनेर प्रचार गरिएको धेरै ठाउँमा सुने, यो गलत प्रचार हो, यो सब भ्रम हो, म स्वतन्त्र भएर चुनाव लड्न मैदानमा आइ सकेकी छु ।’

चन्दले आफू वर्षाैसम्म एकै व्यक्तिलाई मत दिएर पनि आश्वासन बाहेक केही पाउन नसकेका वासिन्दाले यस पटक आफूलाई सहयोग गर्नेमा आशावादी भएको बताइन् ।

‘वर्षौसम्म एकै व्यक्ति चुनाव लड्दै आएका छन्, जित्दै आएका छन्, जनताको समस्या जहाँका त्यहीं छन्,’ उनले भनिन्,‘म ती वर्षौसम्म मत दिएर पनि आश्वासन बाहेक केही नपाउने वासिन्दाको सहयोग पाउनेमा विश्वस्त छु ।’

 

ghar sansar
सम्बन्धित
Loading...