ghar sansar

दुई दशकसम्म मुक्त कमैया पुनःस्थापन अधुरै, पुनःस्थापन गरिएका पनि समस्यामा

little buddha academy
khasi

–दानसिह डंगौरा
महेन्द्रनगर । मुक्त कमैया समाजका केन्द्रिय उपाध्यक्ष जगन्नाथ डंगौराले अझै पनि सबै मुक्त कमैयाहरु पुर्नस्थापना हुन नसकेको बताएका छन् । मुक्त कमैया समाजले महेन्द्रनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले पुनस्र्थापन गरिएका परिवार पनि समस्यामा भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘कमैया मुक्तिको घोषणा भएको यतिका वर्षसम्म पनि सबै परिवार पुनस्र्थापन हुन हुन सकेका छैन, अझै बाँकी छन्’ कार्यक्रममा उनले भने,‘लालझाडी गाउँपालिका ६ खैरगढैया मुक्त कमैया बस्तीको नक्सा श्रेष्ता कायम भएको छैन ।’

,orning glory badhai

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मुक्त कमैयाहरुको सबै समस्या नितिगत रुपमा समाधान गरिनु पर्ने बताउँदै मुक्त कमैया युवा युवतीलाई विधि र प्रक्रिया अनुसार नै म्यादी प्रहरीमा भर्ना लिइने कुरा राखे ।

नापी कार्यालयका प्रतिनिधि पुष्कर बहादुर पालले अधिकार सम्पन्न मुक्त कमैया पुर्नस्थापना आयोगबाट नापी भएको हो भने सबै बस्तीको नक्सा श्रेष्टा कायम भएको हुनु पर्ने बताए ।

यसैगरी नेकपा माओवादी केन्द्र कञ्चनपुरका प्रतिनिधि कृष्णदत्त जोशीले कमैयाहरुलाई मुक्ती गराउनका लागि नै नेकपा माओवादीले जनयुद्ध गरेको बताए ।

dirghayi clinic

यसैगरी नेपाली काँग्रेस कञ्चनपुरका सचिव भिमराज भट्टले बधँुवा दासको रुपमा रहेका कमैयालाई कांगे्रस सभापति शेरबहादुर देउवाले नै मुक्तिको घोषणा गरेको बताए ।

यसैगरी पूर्व संविधान सभा सदस्य दुर्गादेबी खुनाले मुक्त कमैयालाई रोजगारमा आरक्षण कोटा सुनिश्चित गरिनु पर्ने लगायतका अन्य समस्या तत्काल राज्यले सम्बोधन गर्नु पर्ने बताइन् ।

यसैगरी कमैया महिला जागरण समाजकी केन्द्रिय अध्यक्ष बिष्णी थारुले मुक्त कमैयाले पाएको जग्गा फुकुवा गरिनु पर्ने र बैंकिङ्ग कारोबारका लागि सहज वातावरण सिर्जना गरिनु पर्नेमा जोड दिइन् ।

सरकारले २०५८ साउनमा मुक्त कमैया घोषणा गरेको थियो । मुक्त कमैया घोषणा गरिएको दुई दशक पुगि सकेको छ ।

मुक्त कमैया समाज कञ्चनपुरले आयोजना गरेको नेपालमा कृषिमा आधारित बँधुवा श्रमको अन्त्य परियोजना अन्र्तगत जिल्ला अन्र्तक्रिया कार्यक्रम समाजका अध्यक्ष रामप्रसाद रानाको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रममा कार्यपत्र सहजकर्ताको रुपमा अधिवक्ता जयदेब जोशीले प्रस्तुत गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...