शुक्लाफाँटाले कर्मचारीलाई दलको सदस्यता छाड्न निर्देशन दिएपछि माओवादी नगर इन्चार्ज सुनारले नगरपालिकालाई सोधे आधा दर्जन प्रश्न

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले कर्मचारीहरुलाई दलको सदस्यता छाड्न निर्देशन दिएपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका शुक्लाफाँटा इन्चार्ज ईश्वर सुनारले नगरपालिकालाई  विभिन्न ६ प्रश्न सोधेका छन् । उनले फेसबुकमा आफ्नो व्यक्तिगत विचार भन्दै ती प्रश्नहरु सोधेका छन् ।

नगरपालिकाले बिहीबार नगर कार्यपालिका बैठकमा गरिएको निर्णय सार्वजनिक गरी कर्मचारीलाई राजनीतिक दलको सदस्य हुन नपाउने र सदस्यता लिएको भएर त्याग गर्न निर्देशन दिएको थियो । नगर कार्यपालिकाले भदौ २३ गते कार्यपालिका बैठकबाट यो निर्णय गरेका थियो ।

janjyoti campus

माओवादीका नगर इन्चार्ज सुनारले आफ्नो जिज्ञासा भनेर नगरपालिकालाई प्रश्न सोधेका छन् । नगरपालिकालाई उनले आफ्नो पहिलो जिज्ञासा राजनीतिक दलहरुमा भएका कर्मचारीको संख्याबारे सोधेका छन् । त्यसपछि उनले स्वतन्त्र भएका कर्मचारी, ठेकेदार कर्मचारीलाई हुने कारवाही, नातागोता, असमान तलब, सदस्यता छाडेको नछाडेको पुष्टि गर्ने आधार लगायतका विषयमा जिज्ञासा राखेका छन् ।

उनले फेसबुकमा नगरपालिका समक्ष यसरी जिज्ञासा राखेका छन् । मेरो शुक्लाफाँटा नगरपालिकाले नगरपालिका को मातहतका कार्यालयमा कार्यरत कर्मचारी ,शिक्षक कुनै पनि राजनीतिक दलको सदस्य भए त्याग्नु पर्ने अन्यथा कानुन अनुसार कार्वाही गरिने भनी निर्णय गरि सार्वजनिक गरेको छ ।


मेरो जिज्ञासा
१– कुन पार्टीको कति छन ?
याा–तजभ चभअयचम के छ ।
२– स्वतन्त्र कति छन ?
३– कर्मचारी पनि हुने ठेकेदार पनि हुनेलाई के हुन्छ ?
४– नाता गोता वरिपरि का लाई के हुन्छ ?
५– असमान तलबमा काम गर्ने लाई समान कसरी गरिन्छ ?
यावत कुरा धेरै छन् ?????
६– सदस्यता त्यागेको नत्यागेको कसरी प्रमाणित गर्ने?
धमिलो लाई सङ्लो (सफा) गर्दा धेरै राम्रो !
३ यो न होस् कि
बुहारी को रिस ले छोरी हप्पकाउने !
मेरो बिचारले असल कामगर्न
– आफ्नो जिम्मेवारी प्रति पुर्णतः जवाफदेही हुनुपर्यो
– स्वच्छ मन बिचार , इमानदार हुनु प¥र्यो
– राजनीतिक पूर्वाग्रह हुनु भएन
– मैले –मेरो देश, प्रदेश, पालिका, गाउँ, टोल राम्रो बनाउनु पर्छ भन्ने भावना सहित कर्म कटिबद्ध हुनु प¥र्यो ।
यस्तो कुरा–जनप्रतिनिधि ,कर्मचारी ,शिक्षक समाजसेवी सबैमा हुनु पर्यो ।
नितान्त मेरो व्यक्तिगत विचार

ghar sansar
सम्बन्धित
Loading...