ghar sansar

कञ्चनपुर ३ क बाट राप्रपाका धर्मराज जोशी सिफारिश, जोशीले एमालेको साथ पाउने सम्भावना

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्यका लागि धर्मराज जोशी सिफारिश भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले जोशीलाई प्रदेश सभा सदस्य उम्मेदवारका लागि एकल सिफारिश गरेको हो ।

राप्रपामा जोशी र पूर्ण बहादुर चन्द आकाँक्षी देखिएका थिए । दुई जनाबीच छलफल गरी जोशीको नाम एकल सिफारिश गरिएको हो । राप्रपाका नेता करन सिह पालले प्रदेश सभा सदस्यमा जोशीको नाम सिफारिश गरिएको जानकारी दिए ।

lotus institite

‘श्री धर्म राज जोशी ज्यु कञ्चनपुर क्षेत्र ३ को प्रदेश सभा (क)प्रत्यक्ष उम्मेदवारमा सिफारिस हुनु भएको छ । उहाको जितको अग्रिम शुभकामना व्यक्त गर्दछु’ नेता पालले भने ।

daimond public

जोशी राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन् । उनी यस अघि २०७० मा तत्कालिन निर्वाचन क्षेत्र नं. ४ मा संविधान सभा सदस्य निर्वाचन लडेका थिए ।

तत्कालिन महेन्द्रनगर नगर पञ्चालयत (भीमदत्त नगरपालिका) मा लगातार दुई पटक प्रधानपञ्च भएका उनी बहुदल आएपछि चुनाव जितेर सत्तामा फर्किन संघर्ष गर्दै आएका छन् । २०७४ को निर्वाचनसम्म गरिएका जोशी प्रयास सफल हुन नसकेपछि उनी फेरि यस पटक प्रदेश सभा सदस्यमा चुनाव लड्न लागेका छन् ।

२०७४ मा काँग्रेससित तालमेल भएपछि उनी प्रदेश ख बाट चुनाव लड्ने आशंका गरिएको थियो । पछि काँग्रेसले कञ्चनपुर ३ का दुबै प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारलाई लडाएको थियो ।

यस पटक एमाले र राप्रपाबीच चुनावी तालमेलका लागि छलफल अघि बढेका छन् । राप्रपासित तालमेलका कारण एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट प्रदेश सभा ख बाट उम्मेदवार सिफारिश भएको आशंका पनि गरिएको छ । एमालेले प्रदेश क जोशीलाई छाड्ने अनौपचारिक सहमति भई सकेको नेताहरुको दावी छ ।

जोशी यस पटक एमालेको सहयोगमा प्रदेश सभा सदस्य चुनाव लड्नका लागि आन्तरिक तयारीमा लागि सकेका छन् । सत्तारुढ गठबन्धनबाट यस क्षेत्रमा समाजवादी वा माओवादीले पाउने सम्भावना छ । त्यसमा पनि समाजवादीका प्रकाश रावल फेरि उम्मेदवार हुन सक्ने सम्भावना बलियो छ ।

Himal dental
सम्बन्धित
Loading...