ghar sansar

कञ्चनपुरमा ३ लाख २ हजार ५ सय ९ मतदाता, तेस्रो लिङ्गी एक जना मात्रै

khasi

महेन्द्रनगर । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ३ लाख २ हजार ५ सय ९ जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चपुरले यस वर्ष थपिएका नयाँ सहित आगामी निर्वाचनमा मतदान गर्न पाउने मतदाताका नामावाली अद्यावधिक गरेको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले आगामी निर्वाचनमा १ लाख ४६ हजार ८ सय ४८ पुरुष र १ लाख ५५ हजार ६ सय ६२ महिला मतदाताले मतदान गर्न पाउने बताए । मतदातामा एक जना तेस्रो लिङ्गी छन् । कार्यालयका अनुसार मतदातामा ८ हजार ८ सय १४ महिला मतदाता बढी छन् ।

Anant bahu travels
dirghayi clinic

स्थानीय तह निर्वाचनमा भन्दा यस पटक ७ हजार १ सय ५६ नयाँ मतदाता थपिएका हुन् । मतदाता बढेपछि छ वटा मतदानस्थल समेत थपिएका छन् ।

कृष्णपुर नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय पहरिया, नवज्योति आधारभूत विद्यालय रामघाट, भीमदत्त नगरपालिका–१ स्थित प्रगति युवा आधारभूत विद्यालय बाराकुन्डा, भीमदत्त–६ स्थित शान्ती निकेतन ऐठपुर, पुर्नवासको गौरीशङ्कर पुर्नवासकै सरस्वती आधारभूत विद्यालय बीचफाटा मतदानस्थल थप गरिएको छ ।

कञ्चनपुरमा निर्वाचनका लागि ७६ मतदानस्थल र एक सय ३२ मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले निर्वाचन अधिकृतको नियुक्ति भएपछि चुनावी कार्यक्रम सुरु गरिने बताए ।

‘निर्वाचन अधिकृतको नियुक्ति भएपछि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन्छ’, उनले भने, ‘मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम र अन्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्रमा स्थापना हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...