दोधारा चाँदनीका नयाँ प्रहरी निरीक्षकलाई सीमा क्षेत्रका समस्या समाधानलाई प्राथमिकता दिन सुझाव

महेन्द्रनगर । राजनीतिक दल र जनप्रतिनिधिले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका नयाँ इन्चार्ज प्रहरी निरीक्षक अर्जुन सिह साउँदलाई सीमा क्षेत्रमा स्थानीयले भोग्दै आएका समस्या समाधानलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

Mishra

इलका प्रहरी कार्यालयमा गरिएको परिचयात्मक कार्यक्रममा उनीहरुले नगरपालिका क्षेत्रको शान्ति सुरक्षा अवस्था र भारतसंग सीमा जोडिएका क्षेत्रमा स्थानीयले भाग्दै आएका समस्या समाधानमा प्रहरी निरीक्षक साउँदलाई प्राथमिकमा राख्न सुझाव दिएका हुन् ।

deepaj

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उप मेयर गंगा देबी जोशी, निवर्तमान मेयर बीर बहादुर सुनार, नेपाली काँग्रेंसका नगर अध्यक्ष राजेन्द्र मल्ल, महाधिवेशन प्रतिनिधि बेल बहादुर राना लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, अधिकारकर्मी खिमा चन्द लगायतका सहभागी भएका छन् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षकमा रोशन पाण्डे सरुवा भएपछि उनको स्थानमा साउँद आएका छन् । पाण्डेय अघि भरत गिरी इलाका इन्चार्ज थिए ।

सम्बन्धित
Loading...