महेन्द्रनगर । कञ्चनपुरमा एक अधवैंशे महिला बलात्कृत भएकी छन्। ४८ वर्षीया उनी आफूभन्दा ३० वर्ष कान्छो किशोरद्वारा बलात्कारको शिकार भएकी छन् ।
महिलालाई अस्ति जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१० बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन् ।
उनले ती महिलालाई स्थानीय बारीमा जबरजस्ती करणी गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। किशोरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।