बैतडी शिवनाथकी क्यान्सर पीडित बालिका कलौनीको उपचारका लागि निर्माण व्यवसायी संघद्वारा २३ हजार सहयोग

महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायी संघले बैतडीको शिवनाथ गाउँपालिकाकी क्यान्सर पीडित प्रतिक्षा कलौनीलाई उपचारका लागि सहयोग गरेको छ । संघले ग्रोन क्यान्सर पीडित १० वर्षिया कलौनीलाई २३ हजार एक सय सहयोग गरेको हो ।

काठमाडांैमा एक वर्षदेखि उपचाररत कलौनीका दाई सुरेश कलौनीलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले संघका पदाधिकारी र पूवै पदाधिकारी सहितको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

deepak

कलौनीको उपचारका लागि संघका अध्यक्ष भट्टको पहलमा सबै व्यवसायीबाट सहयोग रकम संकलन गरिएको छ । भट्ट संघको १३ औं अधिवेशनबाट अध्यक्ष भएका हुन् ।

अध्यक्ष भट्टले उपचारका लागि बालिकालाई सहयोग पुगोस भनेर सहयोग गरिएको बताए । ‘यो ठूलो रकम होइन, यसले केही भए पनि सहयोग पुग्छ भनेर सहयोग गरिएको हो’ उनले भने ।

कमजोर आर्थिक अवस्थाका कारण बालिकाको परिवारले सहयोगका लागि सार्वजनिक अपील गरेका छन् ।

सम्बन्धित
Loading...