ghar sansar

शुक्लाफाँटामा हात्तीले नोक्सान गरेको धानबालीका खेतमा पुगे एमाले नेता राना, पीडित किसानलाई भने– क्षतिपूर्तिका लागि पहल गर्छु

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ख बाट प्रदेश सभा सदस्यका लागि सिफारिश एमाले केन्द्रीय सदस्य कृपाराम रानाले शुक्लाफाँटा नगरपालिकामा हात्तीको बथानले धानबालीमा पुगाएको क्षतिबारे जानकारी लिएका छन् । स्थानीय सहित खेतबारीमा पुगेर नेता रानाले शनिबार किसानबाट क्षतिको जानकारी लिएका छन् ।

,orning glory badhai

हात्तीको बथानले असोज ७ गते शुक्लाफाँटा नगरपालिका ५ को खजुवा र गर्जुमनिमा धानबालीमा नोक्सान पुगाएको थियो । स्थानीयका अनुसार त्यस दिन खेतमा १५÷१६ हात्तीको बथान आएको थियो ।

नेता रानाले धानबालीमा भएको क्षतिूपर्तिका लागि तीनै तहका सरकारसित पहल गरिने बताए । ‘किसानलाई सरकारले उचित क्षतिपूर्ति दिनु पर्छ’ उनले भने,‘त्यसका लागि पहल गर्छु ।’

dirghayi clinic

सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारका वासिन्दाले बर्सेनी हात्ती लगायतका जङ्गली जनावरबाट क्षति व्यहोर्दै आएकाले दिर्घकालिन नियन्त्रणका लागि योजना बनाउनु पर्नेमा नेता रानाले जोड दिए ।

‘सरकारले यो समस्या समाधानको लागि दिगो व्यवस्थापन गर्न आवश्यक छ,’ उनले भने,‘राष्ट्रिय निकुञ्जको बस्ती क्षेत्रमा उज्यालोका लागि बिजुली बत्ती वा सोलारको व्यवस्थापन गर्नु पर्छ ।’

स्थानीयले नेता रानालाई हात्ती बाहेक स्याली नदी खोलाले पनि आफूहरुको बालीनाली नोक्सान गर्दै आएकाले समस्या समाधानका लागि पहल गरि दिन आग्रह गरेका छन् ।

   

Himal dental
सम्बन्धित
Loading...