ghar sansar

शिक्षित युवालाई दल र नेताको सिलिपर सेल नबन्नु प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अवस्थीको आव्हान

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिध सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका जगदीश अवस्थीले युवालाई विवेक गुमाएर पार्टी र नेताहरुको पछि नलाग्न आग्रह गरेका छन् ।

शनिबार बिहान आफ्नो फेसबुक लाईभ मार्फत उनले मानवको उत्पत्तिदेखि सामाजका विकसित रुप र सामाजिक संरचनाको चि फार गर्दै शिक्षित युवालाई पार्टी र नेताहरुको सिलिपर सेल नबन्न आग्रह गरेका छन् ।

ratnam malkhad

उनले २७ मिनेटको लाईभमा शिक्षित युवालाई योग्यता प्रधान समाज र बाहुल्यता प्रधान समाजको बारेमा जानकारी दिएका छन् ।

‘मानव सभ्यताको साढे छ करोड बर्षदेखि विकासक्रम र सामाजिक सभ्यताको विकासका घट्नाक्रम जोड्दै योग्यता प्रधान समाजले मात्रै प्रगति र उन्नतिको मार्ग देखाउने छ’ उनले भनेका छन्, ‘बाहुल्यता प्रधान समाजलाई मान्यता दिने गरेको कारणले हाल बिद्यमान परिस्थितिको सृजना भएको छ ।’

केही मान्छेहरु जम्मा गरी दलबल देखाएर जनताको मत आफ्नो पोल्टामा पार्ने पार्टी र नेतालाई कुनै पनि हालतमा भोट नदिन र उनीहरुका झण्डा नबोक्न सबै युवालाई आह्वान गरेका छन् ।

केही शिक्षित युवा समेत आर्थिक प्रलोभनमा बिक्न थालेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...