ghar sansar

भागेश्वरी ग्रुफले बढायो कारोबार, अढाई करोड गरी भाँसीमा केडी मोबाइल्स सञ्चालन

little buddha academy
khasi

महेन्द्रनगर । व्यवसायिक घराना भागेश्वरी ग्रुफले अटो मोबाइल्स कारोबार थप गरेको छ । विद्युतीय समान, लत्ता कपडा लगायतका व्यापार गर्दै आएको यो ग्रुफले भाँसीमा केडी अटो मोबाइल्स सञ्चालनमा ल्याएको हो ।

दशैंको घटस्थापनाका दिन सोमबार सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले अटो मोबाइल्स सोरुमको उद्घाटन गरेका छन् ।

,orning glory badhai

उद्घाटन कार्यक्रममा मन्त्री रावल सहित विभिन्न राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेय, प्रहरी उपरीक्षक श्याम सिह चौधरी, कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल लगायतका सहभागी भएका छन् ।

भागेश्वरी ग्रुफले होण्डा कम्पनीको डिलर लिएपछि सोरुमा सञ्चालनमा ल्याएको हो । यस अघि होण्डा कम्पनीको यो सोरुमा व्यवसायी धर्मराज जोशीको थियो । अहिले त्यहीं डिलरलाई भागेश्वरले लिएको हो ।

भागेश्वर ग्रुफका सञ्चालक भोजराज भट्टले व्यापार व्यवसाय बढाउन सोरुम सञ्चालन गरिएको बताए । ‘यातायात क्षेत्रमा पहिलादेखि थियौ, अटो मोबाइल्सको कोराबार चाहि गरेका थिएनौ, व्यापार व्यवसाय बढाउन सोरुम सञ्चालन ल्याएका छौ’ उनले भने ।

dirghayi clinic

होण्डा कम्पनीले महेन्द्रनगरमा डिलरको लागि सूचना आव्हान गरेपछि भागेश्वर ग्रुफले निवेदन हालेको थियो । त्यसपछि कम्पनीले डिलरका लागि छनौट गरेपछि भाँसीमा सोरुम सञ्चालनमा ल्याइएको हो ।

अढाई करोड लगानीमा सञ्चालन गरिएको सोरुममा बिक्रीका लागि होण्डा कम्पनीका बाइक र स्कुटी राखिएका छन् । उद्घाटन कार्यक्रममा मोटरसाइल र स्कुटी किन्ने ग्राहकलाई खादा ओढाएर सम्मान गरिएको छ ।

भागेश्वर ग्रुफका सञ्चालक भट्टले व्यवासयमा घाटा नाफा नहेरी अटो मोबाइल्स सञ्चालन गरिएको बताए । ‘व्यापार व्यवसाय हो, कहिले अगाडि कहिले पछाडि भई रहन्छ’ उनले भने,‘अहिलेसम्म ठिकै अघि नै छौ, यस पटक पनि पछाडि हुँदैनौ भन्ने आशा छ ।’

भागेश्वरी ग्रुफ भट्टका सबै सात दाई भाईले सगोलमा सञ्चालन गरेका हुन् । उनीहरुमध्ये जेठा दिर्घराज भट्टको डेढ वर्ष अघि निधन भएको थियो । अर्का सिद्धनाथ बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति नवराज भट्ट अमेरिकामा छन् । त्यस बाहेक पाँच दाई भाई अहिले सबै सगोलको व्यवसायमा छन् ।

‘घर परिवारका सबै दाई भाई सगोलमा भएकाले पनि नाफा घाटा हेरेका छैनौ’ उनले भने,‘व्यापारलाई फेरि नाफा घाटाको रुपमा नहेरी सेवा पनि हेरेका छौ, त्यसले पनि सफलता पाएको विश्वास छ ।’

भागेश्वरी ग्रुफका सिद्धराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा भोजराज भट्टले स्वागत मन्तव्य राखे । कार्यक्रममा होण्डा कम्पनीका सुरज बगालले कम्पनी सम्बन्धी जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...