ghar sansar

अछामबाट भीम रावलको एकल सिफारिशले एमाले अध्यक्ष ओली असन्तुष्ट, बालकोट बोलाएर सुदूरपश्चिमका नेताहरुलाई हप्काए

little buddha academy
khasi

महेन्द्रनगर । भीम रावलप्रति चर्को असन्तुष्टि राख्दै आएका एमाले अध्यक्ष केपी ओलीले सोमबार सुदूरपश्चिमका सिनियर एमाले नेताहरुलाई बोलाएर हप्काएका छन् । उनको प्रश्न थियो ‘भीम रावल एकल सिफारिश हुने अवस्था कसरी आयो ?’ स्रातेका अनुसार अध्यक्षको हप्काइमा सहभागी नेताहरु नाजवाफ भएर सबै जना पन्छिन खोजेका थिए ।

विभिन्न घटनाक्रमका कारण रावलप्रति ओलीमा चरम असन्तुष्टि मात्रै हैन गहिरो इगो रहेको बुुझ्न गाह्रो छैन । रावलका हकमा ओली कुनै पनि हालतमा सांसद नहुन भन्ने चाहन्छन् ।

,orning glory badhai

नेकपा कालमा ओली एकातिर तथा प्रचण्ड र नेपाल समूह अर्कोतिर भएका बेला प्रचण्ड र नेपाल पक्षमा चर्कोगरि लागेका रावलसंग अगाडीदेखि नै ओलीको चरम बैमनष्यता उत्पन्न भएको थियो ।

त्यस क्रममा ओलीले धनगढीमा आयोजित बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा रावललाई लक्ष्ँित गर्दै भनेका थिए ‘माथि आएपछि दुख्ख दिन्छन्, तलै ठीक पार्नुपर्छ ।’ अहिले टिकट वितरण सन्दर्भका घटनाक्रमले ओलीमा रावलप्रति त्यही नीति देखिएको छ । रावल एकल सिफारिस भएका छन् । तर ओली उनलाई कुनै पनि हालतमा टिकट दिने मुुडमा नभएको स्रोतको भनाई छ ।

dirghayi clinic

डडेलधुराबासीले जिल्लाको विकास होस् या नहोस् तर देउबालाई ‘उहाँ जत्तिको’ नेतालाई भोट नहाल्नु अन्याय हुने मतदाताको मनस्थिति हुने गर्छ र देउबाले सहजै हरेक पटक जित्छन्, त्यस्तै अछाममा पनि पछिल्लो समय ‘भीम रावल जत्तिको’ नेतालाई हराउनु अनुुचित हुने धारणाहरु विस्तार हुँदै गएको छन् । यसले पनि चुुनाव हो केही निश्चित नहुँने र रावलले जित्न सक्ने सम्भावना रहने ओलीको आकलन रहेको बताइन्छ । त्यस अवस्थामा ओलीले रावल जित्नु भन्दा अगाडी नै बाटो क्लोज गरिदिनु उपयुुक्त हुने कठोर निष्कर्ष हुुनसक्ने बुझिएको छ ।

हारे पनि अर्को उम्मेदवारले हारोस् तर रावललाई टिकटै दिन मञ्जुर नहुुने ओलीको अडानले एमालेभित्र अर्को तरंग सिर्जना गरेको छ । स्रोतका अनुसार ओलीको निर्देशनपछि सुदूरपश्चिमका एमाले नेताहरु के गर्ने र कसो गर्ने भन्नेमा रनभुुल्लमा छन् ।

ओलीको हप्काइपछि मंगलबार लेखराज निवास काठमाण्डौंमा निकट नेताहरुको बैठक बसेको थियो । स्रोतले भन्यो ‘रावलको एकल सिफारिस भएपनि सम्भवतः उनलाई रोक्ने सम्भावनाबारे छलफल भएको थियो ।’

नेकपा कालमा दश भाइको संज्ञा दिइएको रावलबाहेक अन्य नेताहरुको पनि एक दुुईजना बाहेक कसैको पनि टिकट सुरक्षित नभएका अनुमानहरु यस अगाडीदेखि नै सार्वजनिक हुँदै आएका छन् ।

साभार : धनगढी खबर

Himal dental
सम्बन्धित
Loading...