ghar sansar

शुक्लाफाँटामा बाढी पीडित परिवारलाई आपतकालिन राहत

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका बाढी पीडित परिवारले राहत सामग्री पाएका छन् । बाढी प्रभावित परिवारलाई आपतकालीन राहत सामग्रीमा मसिनो मेघा चामल ९२५ किलो, मिक्स दाल ९३ किलो, नुन ९१ प्याकेट, तोरीको तेल ९२ लिटर, चिनी ९२ किलो, चिउरा ९२ किलो, चना ९२ किलो वितरण गरिएको छ। खाद्य सामग्रीसँगै बाढी प्रभावित परिवारलाई त्रिपाल, म्याट्रेस, भाँडा सेट, बाल्टीलगायत सामग्रीसमेत वितरण गरिएको छ।

‘दशैंको मुखमै बाढीले खाद्यान्नसँगै झोपडीमा रहेका लत्ताकपडा सबै बगाएर बिचल्ली पारेको थियो‚’ राहत सामग्री बुझ्दै मानध्वज लुहारले भने, ‘मसिनो चामलसँगै दशैं मनाउनका लागि अन्य खाद्य सामग्री, भाडाँकुडा र छानामा राख्न त्रिपाल र ओछ्याउनका लागि म्याट्रेस दिएको छ। दशैं मनाउन केही सहज हुने भयो।’

शिविरकै अर्की कलावती दमाईले भनिन्‚ ‘भोकभोकै बस्नुपर्ने अवस्था बाढीले ल्याएको थियो, दशैंको बेला मजदुरीसमेत पाउन सक्ने अवस्था थिएन। राहत सामग्री पाएर निकै खुशी छौं ।’

dirghayi clinic

नगरपालिकाको वडा नं ११ का २८ परिवार र वडा नं १२ का १९ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुर, शुक्लाफाँटा नगरपालिकाको समन्वयमा केयर नेपालको सहयोगमा निड्स नेपाल कञ्चनपुरले बाढीबाट प्रभावित परिवारलाई आपतकालीन राहत सामग्री वितरण गरेको निड्स कञ्चनपुरका उपाध्यक्ष डिवी कुश्मीले बताए ।

उनका अनुसार नगरपालिकाको वडा नं १२ का एकान्तकुना टोलका १४ परिवार र सोही वडाको दुवाहाका ९ परिवारले आश्रय लिएको ठाउँमै पुगेर र वडा नं ११ वनहरा शिविरका २८ परिवारलाई शिविरमै पुगेर राहत सामग्री उपलब्ध गराईएको छ ।

नगरपालिकाका प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना पन्त र प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टको उपस्थितिमा राहत सामग्री वितरण गरिएको छ ।

राहत सामग्री वितरणमा नगर प्रमुख महराले थोरै भए पनि दशैंलगायतका चाडपर्व मनाउन बाढी प्रभावित परिवारलाई सघाउ पुग्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...