ghar sansar

काँग्रेसमा कञ्चनपुर ३ क बाट प्रत्यक्ष र समानुपातिक दुबैमा सिफारिश नेता जोशी प्रत्यक्ष चुनाव नलड्ने, समानुपातिक बन्द सूचीमा ३ नम्बरमा नाम 

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ क बाट काँग्रेसका पूर्व केन्द्रीय आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशी प्रत्यक्ष चुनाव नलड्ने निश्चित भएको छ । काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रदेश समानुपाति उम्मेदवारको सूचीमा खस आर्य कोटामा जोशीको नाम ३ नम्बरमा समावेश गरिएको छ ।

काँग्रेस जिल्ला समितिले जोशीलाई ३ क बाट प्रत्यक्ष र समानुपातिक दुबैमा सिफारिश गरेको थियो । सत्तारुढ गठबन्धनमा ३ क अन्य दलको भागमा पर्ने भएपछि जोशीलाई समानुपातिक उम्मेदवार बनाएको हो ।

lotus institite

जोशी अघिल्लो निर्वाचनमा तत्कालिन वाम गठबन्धनका प्रकाश रावलसित झिनो मत अन्तरले पराजित भएका थिए । अहिले सत्तारुढ गठबन्धनबाट रावल फेरि सम्भावित उम्मेदवार छन् । उनी एकीकृत समाजवादीबाट चुनाव लड्न लागेका हुन् ।

काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य जोशी २०६५ मा संविधान सभाको उप निर्वाचन लडेका थिए । भीमदत्त नगरपालिकाको पूर्व मेयर उनी काँग्रेसका कञ्चनपुरका पूर्व जिल्ला सभापति हुन् । काँग्रेसमा कोइराला समूहका उनी पछिल्लो पटक संस्थापनको लेखक समूहमा छन् ।

कञ्चनपुरमा काँग्रेस संस्थापनका लेखक र एनपी साउदका दुई समूह छन् । त्यस बाहेक संस्थापन इतर समूहको नेतृत्व दिवान सिह विष्टले गर्दै आएका छन् ।

काँग्रेसले सुदूरपश्चिम प्रदेश सभा सदस्य समानुपातिकतर्फको बन्द सूचीमा कैलालीबाट आठ जनालाई उम्मेदवार बनाएको छ । 

daimond public

५३ सदस्यीय प्रदेश सभामा समानुपातिकतर्फ २१ जना रहने व्यवस्था छ । कैलालीमा प्रदेशमा सबैभन्दा बढी १० प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।

यसैगरी काँग्रेसले समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशबाट १३ जनालाई उम्मेदवार बनाएको छ । त्यसमा पाँच जना महिला उम्मेदवार छन् ।

काँग्रेस नेताहरुका अनुसार प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ सुदूरपश्चिमबाट पाँच जना आदिवासी जनजाति र एक जना दलित समुदायबाट प्रतिनिधित्व गरेका छन् ।

समानुपातिकमा सबैभन्दा बढी कैलालीबाट ६ जना परेका छन् । त्यस्तै, अछाम र कञ्चनपुरबाट २÷२ र बझाङ, बाजुरा र दार्चुलाबाट एक÷एक जना उम्मेदवार छन् ।

काँग्रेसले सुदूरपश्चिमबाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ केन्द्रीय सदस्य आरजु राणा देउवा (कैलाली), नरेशबहादुर सिंह (बझाङ), लोकराज अवस्थी (कञ्चनपुर), भरतकुमार स्वाँर (अछाम), जनकबहादुर बम (कैलाली), केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट (कैलाली), विद्या कुमारी तिमिल्सेना (बाजुरा), खेम डगौरा थारु (कैलाली), केन्द्रीय सदस्य जीवन कुमारी राना (कैलाली), रामकुमारी चौधरी (कञ्चनपुर), ललितसिंह बोहरा (दार्चुला), टेकबहादुर नामजालीमगर (कैलाली), र डम्मर सुनार (अछाम) लाई उम्मेदवार बनाएको छ ।

कैलाली काँग्रेसका सचिव नृपबहादुर सुनारले प्रतिनिधि सभा सदस्य समानुपातिक सूचीमा सुदूरपश्चिम प्रदेशबाट १३ जना समेटिनु संख्यात्मक रुपमा राम्रो सहभागिता रहेको टिप्पणी गरे ।

प्रदेश सभामा कैलालीबाट समानुपातिकतर्फ गणेशबहादुर देउवा, वीरबहादुर हमाल, डम्मरी महरा, तुलसी देवकोटा, आशाराम चौधरी, रामकुमारी चौधरी, ललिता सुनार र सुशीला विकलाई उम्मेदवार बनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...