ghar sansar

मन्त्री चौधरीले गरिन् कलस कृषि सहकारीको नव निर्मित भवन उद्घाटन

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडीस्थित कलस महिला कृषि सहकारी संस्था लिमिटेडको निव निर्मित भवनको बुधवार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीले सहकारीको नव निर्मित भवनको उद्घाटन गरेकी हुन् ।

सहकारी भवन उद्घाटन गदैं उनले सहकारीका सदस्यहरुलाई उत्पादन संग जोडेर स्वरोजगार बनाउनु पर्ने बताईन् । उनले सहकारीले कृषिमा लगानी गरी उत्पादन बढाई आवद्ध सदस्यहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्ने बताईन । सहकारी अर्थतन्त्रको बलियो खम्वा भएको चर्चा गर्दै उनले प्रदेश सरकारले जनताको माग र आवश्यकताका आधारमा सहकारीमा लगानी गरेको बताईन ।

lotus institite
daimond public

बीउ उत्पादनमा सुदूरपश्चिम प्रदेश देशमै दोश्रो स्थानमा रहेको उल्लेख गर्नु हुदै उनले यहाँ उत्पादीत बीउ बाह्य जिल्लामा निर्यात भैरहेको बताईन । सहकारीले बीउ उत्पादन र बजारमा पुरयाउनका लागि अहं भूमिका खेलेको उनको भनाई थियो । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले सहकारीले अग्र्यानिक तरकारी उत्पादनमा जोड दिई बेलडाँडीलाई कृषि पर्यटन गाउँका रुपमा विकास गरिनु पर्ने बताए ।

नगर प्रमुख रण बहादुर महराले कृषि उत्पादन बृद्धि गर्नका लागि नगरपालिकाले कृषि विज्ञ नियुक्त गरी संभाव्यतता अध्ययनको कार्य अघि बढाउन छलफल गरिएको बताए । कलस महिला कृषि सहकारी संस्था लिमिटेडको ३४ लाख ५० हजारको लागतमा कार्यालय भवन निर्माण गरिएको छ ।

सहकारीका अध्यक्ष मिना डगौराका अनुसार कृषि ज्ञान केन्द्रको ३० लाख अनुदान र सहकारीको चार लाख ५० हजारको लागतमा सहकारी भवन निर्माण गरिएको हो । नव निर्मित भवनमा सभा हल सहित दुई वटा कार्यालय कक्ष, दुई वटा सौचालय निर्माण गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...