बाजुरामा मन्दिरभित्र छिरेको भन्दै दलित समुदायका सुनारमाथि साँघातिक आक्रमण, वडा अध्यक्ष नै समातिए

महेन्द्रनगर । बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा एक जनामाथि कुटपिट गरिएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न बसिरहेका बेला बुढिगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको हो ।

त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहको प्रहरीले बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.